इमान्दारिता जिवितै छ; बस चालकले फिर्ता गरे यात्रुले भुलेको चार करोड ४४ लाख ६० हजार

२२ मंसिर २०६९, शुक्रबार ०६:२२ मा प्रकाशित

एजेन्सी, अस्ट्रिया, २२ मंसिर । अस्ट्रियाको राजधानी भियनाका बस चालकले इमान्दारिताको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । वल्फ़गांग आर नाम गरेका बस चालकले आफुले चलाउने बसमा एक झोला फेला पारे जुन झोलामा तीन लाख 90 हजार यूरो, नेपाली रुपिया चार करोड ४४ लाख ६० हजार थियो । तर उनले उक्त पैसा सहितको झोला इमान्दारिताका साथ् जसको हो उनै महिलालाई फिर्ता गरे । बास्तवमा उक्त झोलामा भएको तिन लाख 90 हजार यूरो, नेपाली रुपिया चार करोड ४४ लाख ६० हजार एक बृद्द महिलाको जिन्दगि भरको कमाई र बचत थियो । तर भुल वस उनले यात्राको क्रममा पैसा सहितको झोला गाडीमै छोडिन । अस्ट्रिया निवाशी ७७ बर्षीय यी महिलाले उक्त रकम बैंक बाट निकालेर घर फर्कदै गर्दा भुल वस पैसा सहितको झोला गाडीमै छुट्यो । बस चालक वल्फ़गांग भन्छन, ‘ मैले झोला उठाए र खोलेर हेरे । झोला भित्र नगद यूरो थियो । र यति धेरै थियोकी मैले जिन्दगीमा एकै साथ् यति धेरै रकम देखेको थिइन ।’ बस चालक वल्फ़गांग बताउछन,’पहिलेत उनले सोचे चालकको सिट पछाडी राखेको उक्त ब्यागमा औसधि छ ।’ बस चालक वल्फ़गांगले अस्ट्रियाको समाचार पत्रलाई भने, ‘ म हमेशा बुस नियाल्छु कि कतै कसैले भुल वस सामान छोडेकी ।’ उनि भन्छन, ‘ मैले झोला उठाए र खोले झोला भित्र नगद यूरो राखिएको थियो । यति धेरैकी एकै साथ् मैले कहिले यति ठुलो रकम देखेको थिइन ।’ उनले तत्कालै पैसा सहितको फेला परेको सूचना पुलिसलाई दिए । झोलामा पासपोर्ट, बैंक संग सम्बन्धित कागजात थियो जसको मदतले पैसा सहितको जोहला धनि पत्ता लाग्यो । भियनाको सरकारी बुस सेवा जहाँ उनि काम गर्छन त्यो संस्थाले उनको इम्न्दरिताको कदर गर्दै गर्व साथ भनेको छ बुस चालक वल्फ़ प्रति हामी गर्व गर्छौ। तर उनको इम्न्दरिताको कदर गर्दै उनलाई अहिले सम्म कुनै सम्मान वा पुरस्कार दिइएको पुष्टि हुन सकेको छैन । यो घटना नोभेम्बर महिनाको हो । भौतिक सुख सुबिधाको लागि हिजो आज हदै सम्म गिर्ने मान्छेहरुको समाजमा इमान्दारिता जिवितै छ भन्ने यो घटना गतिलो उदाहरण हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार