अभिनेत्री मनिषा कोइरालाको आगामी सोमबार डिम्बाशयको अपरेसन हुने

२२ मंसिर २०६९, शुक्रबार ००:३७ मा प्रकाशित

न्युयोर्क, २२ मंसिर । स्वास्थ्य उपचारको क्रममा अमेरिका आएकी अभिनेत्री मनिषा कोइरालाको आगामी सोमबार डिम्बाशयको अपरेसन हुने भएको छ । न्युयोर्क स्थित मनिषाको पारिवारिक सदश्य मिर्दुला कोइरालाले दिएको जानकारी अनुसार बिहीबारका लागि तय गरिएको अपरेसन सोमबारको लागि सारिएको हो । स्वास्थ्य परिक्षण पछी अभिनेत्री कोइरालाको डिम्बाशयको क्यान्सर भएको पुष्टि गर्दै अस्पतालले सोमबार अपरेसन गरिने औपचारिक जानकारी दिएको छ । न्युयोर्क स्थित मिर्दुला कोइरालाले दिएको जानका अनुसार अभिनेत्री कोइराला अपरेसनपछि एक महिनासम्म अस्पतालमै रहनेछिन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । बुधबार अभिनेत्री कोइरालाले सामाजिक संजाल फेसबुक र ट्वीटर मार्फत स्वास्थ्य लाभको कामना गर्ने हरु प्रति कृतज्ञता व्यक्त गरेकी थिइन् । कोइरालाले सामाजिक संजाल फेसबुक भनेकी छिन, ‘म यहाँ ठीक छु र छिट्टै ठीक हुनेछु । मलाइ दर्शाएको तपाईँहरुको माया र आशिर्वादप्रति कृतज्ञ छु ।’ अभिनेत्री कोइरालाको स्वास्थ्य उपचारको क्रममा अमेरिका आएका पिता प्रकाश, आमा सुष्मा, भाई सिद्धार्थ न्युयोर्कको एक होटेलमा बसोवाश गरि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार