एकता समाजद्दारा सी एन एन हिरो पुष्पा बस्नेत सम्मानित

२१ मंसिर २०६९, बिहीबार २१:५५ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । नेपाल अमेरिका एकता समाज, लस एन्जलसद्दारा सी एन एन हिरो २०१२ की बिजेता नेपाली गौरब समाजसेवी सुश्री पुष्पा बस्नेत सम्मानित भएकी छिन् । मंगलबार आरटेसिया नगरमा समाजद्दारा आयोजित ‘पुश्पा बस्नेत सम्मान कार्यक्रम’मा समाजसेवी बस्नेतलाई सम्मान गरिएको हो । जेलमा रहेका निर्दोश बाल-बालिकाका लागि आश्रय, शिक्षा र बसोबास प्रदान गराएकी ‘मामु’ बस्नेतको सम्मानमा एकता समाजले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
समाजकी अध्यक्ष उमा कार्की थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्टेसिया नगरका मेयर टोनी लिम्बा, अर्टेसिया नगरका चेम्बर अध्यक्ष पटेलको उपस्थिती थियो । अध्यक्ष थापाले सुश्री बस्नेतलाई एकता समाज र लस एन्जलसबासी नेपालीको तर्फबाट सम्मान पत्र प्रदान गराउनुभएको थियो । आरटेसिया मेयर लिम्बाले पनि बस्नेतलाई नगरको तर्फबाट सम्मान पत्र प्रदान गराउनुभएको थियो ।
यस क्षेत्रमा सक्रिय सम्पुर्ण संस्थाका प्रमुख, पदाधिकारीहरू र उल्लेख्य नेपालीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको लागि दोस्रोपटक सी एन एन को यो ठुलो उपाधी दिलाउन सफल पुष्पा बस्नेतले आफूलाई भोट दिने सम्पुर्ण नेपालीलाई धन्यबाद् दिनुभएको थियो । पुरस्कारले आफूलाई काम गर्न अझ हौसला मिलेको बताउंदै यो नेपाली एकताको जितको बलले आफूले जेलमा रहेका सम्पुर्ण निर्दोश बाल-बालिकाको हितको लागि काम गर्ने जनाउनुभयो । समाजकी अध्यक्ष उमा कार्की थापाले पुष्पा बस्नेतजस्ता हररात समाजसेवाका लागि जिन्दगी अर्पने नेपाली गौरब चेलीलाई सम्मान गर्न पाउंदा खुशि लागेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारद्दारा भर्खरै क्यालिफोर्निया राज्यका लागि अवैतनिक बाणिज्यदुत नियुक्त हुनुभएका ऋषी ढकाललाई समाजको तर्फबाट बधाई-पत्र प्रदान गरिएको थियो । आफ्नो मन्तब्यमा नव-नियुक्त बाणिज्यदुत ढकालले पुष्पा बस्नेतको सी एन एन उपाधी सम्पुर्ण नेपालीको गौरबको जीत भएको बताउंदै नेपाली समाजम पुष्पा बस्नेतजस्ता यथार्थमा समाजसेवा मार्फत देशको ईज्जत उंचो पार्ने अरु पुष्पा बस्नेतहरूको खांचो रहेको बताउनुभएको थियो ।
एकता समाजका महासचिव बिमलकुमार गुरागाईंले सन्चालन गर्नुभएको कार्यक्रममा ब्रिन्दा श्रेष्ठ गुरागाईंले आफ्ना रचनाकार पति प्रेम गुरागाईंद्दारा पुष्पा बस्नेतको सफलतामा समर्पित कबिता बाचन गर्नुभएको थियो भने कलाकार मधु थापाले गुरागाईंद्दारानै रचित स्वदेश गान प्रस्तुत गर्नुभएको थियो । बालबालिकाको स्वरमा स्वदेश गानबाट शुरु भएको कार्यक्रममा एकता समाजले यस क्षेत्रमा मन्दिर र सामुदायिक केन्द्र खरिद गरि नेपाली सामुदायिक एकतालाई सफल पारेकोमा श्रीपशुपतिनाथ फाउन्डेशनलाई प्रशंशा पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार