दुर्लभ बन्यजन्तुको छालाका कारोबारी प्रहरी फन्दामा

२१ मंसिर २०६९, बिहीबार १९:४४ मा प्रकाशित

काठमाडौँ, २१ मंसिर । दुर्लभ बन्यजन्तु रातो पाण्डाको छाला अवैध कारोबार गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं पुरानो गुहेश्वरी चोकमा रातो पाण्डाको छालाको अवैध कारोबार हुँदैछ भन्ने सुराकका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट प्रहरी टोली खटिएको र बिक्री गर्न लिएर हिँडिरहेको अवस्थामा ३ थान छालासहित रसुवा, भोर्ले–२ बस्ने १८ वर्षीय किशोर तामाङ र रसुवा, धुन्चे–९ बस्ने २६ वर्षीय मिङमार लामा पक्राउ परेका हुन् । उक्त छाला २ लाख रुपैयाँमा बेच्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । पक्राउ अभियुक्तहरुलाई बरामद छालासहित थप कानुनी कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।
यसैगरी धादिङ महादेवस्थान–२ बस्ने २७ बर्षीय पुर्ण लामा, महादेवस्थान–७ बस्ने २३ बर्षीय सेतुलाल तामाङ र मकवानपुर जिल्ला खैराग–७ बस्ने ३० बर्षीय सुकलाल तामाङलाई प्रहरीले चितुवाको छालासहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मलेखु बजारको शान्ति होटलबाट ७ फिट ७ इन्च लम्वाई भएको १ थान चितुवाको छाला सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार