एनआरएनए विज्ञ सम्मेलन अक्टोबरमा हुने

१८ बैशाख २०७९, आईतवार १०:२३ मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ ।

संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडाैंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्स सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ । सम्मेलन सम्पन्‍न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको छ ।

सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ ।

बैठक संघका उपाध्यक्ष शर्माको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेेकाे बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ । बैठकले सबै क्षेत्रीय संयोजलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ ।

बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले १५ सदस्सीय विधान समितिको प्रस्ताव गरेको छ । सो समितिको संयोजकमा शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ । बैठकले संघका महिला पदाधिकारीको उम्मेदवारी शुल्क आगामी कार्यकालदेखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।

बैठकले नेपालमा हुने राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाँको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही