ज्ञानोदयको स्वणमहोत्सव आरम्भ

२१ मंसिर २०६९, बिहीबार १९:०६ मा प्रकाशित

रुपन्देही, २१ मंसिर । ज्ञानोदय माध्यमिक बिद्यालय बुटवलको स्वर्ण महोत्सव शुभारम्भ भएको छ । २०२० सालमा स्थापना भएको सो बिद्यालयले आफ्नो ५० औं वर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न कार्यक्रमसहित बिहिबारदेखि शुभारम्भ भएको हो । बिद्यालयको स्वर्ण महोत्सवको शुभारम्भ पूर्व सांसद सुर्यप्रसाद प्रधानले गर्नुभयो ।

बिहिबार बिहान बिद्यालय पहिसरबाट पञ्चकन्या सहित प्रभातफेरी ¥याली निकालीएको थियो । बिद्यार्थी, शिक्षक, अभिभावक, स्थानीयबासी, सिद्धबाबा भजन मण्डली, क्षेत्री समाज, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको बेण्ड बाजासहित निकालिएको प्रभातफेरी बुटवलको गोलपार्क, मिडीयाचोक, महेन्द्रपार्क हुँदै अमरपथ, हाटबजार हुँदै पुनः बिद्यालयमा पुगेर सकिएको थियो ।
बिद्यालयमा आयोजना गरिएको औपचारिक शुभारम्भ भएको कार्यक्रममा पुर्वसांसद प्रधान, शिक्षा कार्यालय रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली, नेपाली कांग्रेसका खेलराज पाण्डे, नेकपा–माओवादीका शरद ओली, एमालेका घनश्याम चापागाई, बिद्यालयका पूर्व अध्यक्ष समाजसेवी गणेशमान सैजु, पूर्व बिद्यार्थी शिव ज्ञवाली, पवित्रा श्रेष्ठ, सरस्वती कुवँर, ढुण्डीराज पौडेल, रामचन्द्र भुसाल, रामकृष्ण पछाई, बुटवल नगरपालिकाका पूर्व मेहर पुनाराम पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष तथा स्वर्ण महोत्सव आयोजक समितीका संयोजक रामबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक अभिभावक संघका अध्यक्ष नुरजंग केसी तथा धन्यवाद व्यबस्थापन समितीका सदस्य दिलबहादुर खाम्चाले गर्नुभएको थियो ।
सोही अवसरमा बिद्यालयले सञ्चालन गरेका अतिरिक्त कृयाकपाल तथा वार्षिक शैक्षिक कार्यक्रमका उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
बिद्यालयले स्वर्ण महोत्सवको अवसरमा बिहिबारदेखि यहि मंसिर ३० गते सम्म बिबिध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन थालेको हो ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार