‘एमाओवादीको बोली र व्यवहार फरक हुँदा देश धरापमा’

२१ मंसिर २०६९, बिहीबार १९:०२ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही २१ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमतिविना देस अघि बढ्न नसक्ने बताउनुभएको छ । राष्ट्रपतिले दिएको समय गुज्रिएकोले म्याद थपेर भए पनि सहमतिको सरकार बनाउनु पर्र्ने उहाँको कथन थियो । तीनवटा फाईनान्स मिलेर बनेको सिनर्जी फाइनान्सको बिहिबार बुटबलमा उद्घाटन गदै अध्यक्ष खनालले अहिलेसम्मकै इतिहासमा यतिबेला राष्ट्रियता कमजोर भएको बताउदै सबै दलहरुले सहमति गरि देशलाई छिटो निकास दिनुपर्ने सुझाब उहाँले दिनुभयो ।

माओवादीको बोली र ब्यवहार फरक रहने कारण अहिले यो समस्या आएको दाबी गर्दै उसैको सर्बसत्तावादी मानसिकताका कारण सहमति गर्न ढिलाई भएको खनालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा किस्ट बैकका अध्यक्ष कमल ज्ञवाली, नेपाल राष्ट्रबैंक भैरहबाका डा बिनोद आत्रेय र फाईनन्सका अध्यक्ष राजेन्द्र ध्वजुले सम्बोधन गरेका थिए । काठमाडौ का २ र बुटबलको १ गरी तीन फाईनान्स एक भई नयाँ नामबाट सिनर्जी फाईनान्स नामाकरण गरिएको सो वित्तिय संस्थाको बुटबलमा प्रधान कार्यलय सहित देशभर २१ बटा शाखा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा