आज पनि भएन सहमति, सहमतिको म्यादथपका लागि राष्ट्रपतिसमक्ष गुहार्ने निर्णय

२१ मंसिर २०६९, बिहीबार १८:१८ मा प्रकाशित

काठमाडौ, २१ मंसिर । सहमतीय सरकार गठनलगायतका विषयमा सहमति जुटाउन बसेको शीर्ष नेताहरूको आजको बैठकले पनि कुनै उपलब्धी हासिल गर्न सकेन । बैठकबाट सहमति हात लाग्न नसकेपछि उनीहरुले राष्ट्रपतिसमक्ष पुन अपिल गर्ने निर्णय गरेका छन् ।
बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुबैले आ–आफ्ना अडान नछाडेपछि कुनै सहमति हुन नसकेको हो । बैठकमा काङ्ग्रेस र एमालेले सत्ता छाडेर सहमतिको वातावरण बनाउन आग्रह गरे पनि एकीकृत नेकपा माओवादीले प्याकेजमा सहमति नभएसम्म सत्ता नछाड्ने अडान दोहो¥याएको थियो ।
एकीकृत माओवादीले सहमतीय सरकार, संवैधानिक निकायमा नियुक्ति, संविधानसभा निर्वाचन प्रक्रिया, सीट सङ्ख्यालगायतका विषयमा एकमुष्ट सहमति गरेपछि मात्रै सत्ता छाड्ने बताउँदै आएको छ ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दोस्रोपटक दिनुभएको  समयसीमा आज सकिने भएकोले समयावधि बढाउन आग्रह गर्ने विषयमा भने दलहरूले सहमति गरेका छन् । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।
यसैबीच प्रतिपक्षी दलका नेताहरूले एकीकृत माओवादी सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएका छन् । उनीहरूले माओवादीले नयाँ नयाँ बखेडा झिकेर अल्मल्याउने गरेको बताएका छन् । अब सडक आन्दोलनबाटै माओवादी नेतृत्वको सरकारलाई हटाउने पनि प्रतिपक्षी दलका नेताहरूले चेतावती दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

आजको प्रमुख समाचार