‘कांग्रेसको नेतृत्वमा सहमतिय सरकार बन्न सक्छ’

२१ मंसिर २०६९, बिहीबार १८:११ मा प्रकाशित

, २१ मंसिर । एकीकृत नेकपा माओवादीका नेता समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री पोष्टबहादुर बोगटीले नेपाली कांग्रेसको  नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोगटीले नेपाली कांग्रेसले संघीयता, चुनावको अन्तरवस्तु, संविधानको ग्यारेन्टीलगायतका विषयमा आफ्नो धारणा स्पष्ट पारे आफूहरुले पद छाड्न तयार रहेको बताएका हुन् । अहिलेको सरकार संसदबाट निर्वाचित सरकार भएकाले यसै सरकारलाई निरन्तरता दिनु उपयुक्त विकल्प रहेपनि राजनीतिक निकासका लागि कांग्रेसको नेतृत्वको सरकार पनि आफूहरुलाई मान्य हुने उनको भनाई थियो ।
नेपाली कांग्रेसबाट स्पष्ट धारणा नआए एकीकृत नेकपा माओवादीकै नेतृत्वमा नयाँ सरकार गठनको बारेमा वहस सुरु हुने बताउँदै नेता बोगटीले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको नाममात्र सार्वजनिक नगरेर सहमतिको प्रस्ताव ल्याउन आग्रह गरे ।
राजनीतिक दलहरुवीच प्याकेजमा सहमति गर्ने विषयमा छलफल अघि बढिरहेको बताउँदै नेता बोगटीले राष्ट्रपतिले दलहरु सहमति नजिक गरहेकाले अव राष्ट्रपतिको समयसीमाले केही नगर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय