‘सहमति हुने सम्भावना अत्यन्तै कम छ’

२१ मंसिर २०६९, बिहीबार १७:५४ मा प्रकाशित

बुटवल, २१ मंसिर । एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच तत्काल सहमति हुने सम्भावना कम भएको बताएका छन् । बुटवलमा बिहीबार आज न भएको कार्यक्रममा अध्यक्ष खनालले एकीकृत नेकपा माओवादीको बोली र व्यवहार फरक भएकाले आजै सहमति भएर मुलुकले राजनीतिक निकास पाउने सम्भावना कम भएको बताए ।
‘माओवादीलाई विश्वास गर्ने आधार अझै बनेको छैन’, खनालले भने, ‘त्यसैले सहमति हुने अवस्था म देख्दिनँ ।’
सबै दल मिलेर सहमति गर्न सकेमात्रै संकट समाधान हुने भन्दै खनालले माओवादीलाई निषेध गरेर अघि बढ्ने प्रतिपक्षीको मनसाय नभएको तर उसले यथार्थ बुझेर पनि बुझपचाइरहेको टिप्पणी गे । ‘हामीले निषेध गर्न खोजेका हैनौ, मिलेर जाउँ भनेको हो’, उनले भने, ‘तर माओवादीले बुझिरहेको छैन । बुझेपनि बुझ पचाइरहेको छ ।’
संविधान संशोधन नगरि चुनावमा जान र संवैधानिक जटिलता हल गर्न नसकिने भएकाले बाधा अड्काउ फुकाउबाट संविधान संसोधनका लागी सहमति भइसकेको अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार