अहिले सरकार छाडनु नहुने सत्तारुढ दलको निर्णय

२१ मंसिर २०६९, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । अहिलेकै अवस्थामा सरकार छाड्नु नहुने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनले विपक्षी दलहरुसंग प्याकेजमा सहमति भए मात्र सकारका विषयमा प्रक्रिया अगाडि बढाउने अडान  समेत लिएको छ ।
मधेसी मोर्चाका नेता एंव सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सरकार मात्रै होइन अन्य सबै विषयमा एकैचोटी प्याकेजमा सहमति हुनुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिए । ‘हिलेकै परिस्थितिमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न,’ उनले भने   ‘अन्य विषयहरुमा पनि सहमति जुटिसकेपछि मात्र सरकार निर्माणको प्रक्रिया अगाडि बढ्न सक्छ ।’ निर्वाचनको मिति, प्रक्रिया, विगतको ४ वर्षमा संविधानसभाबाट भएको कामको स्वामित्व ग्रहण, संवैधानिक निकायमा नियुक्ति, कानुनी जटिलताको निकास लगायतका विषयमा एकैचोटी सहमति निर्माण हुनुपर्ने बैठकको निष्कर्ष रहेको यादवले जनाए । गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले सरकार गठन गर्ने विधि र प्रक्रिया नभएको सबै विषयमा प्याकेजमा सहमति हुनुको विकल्प नरहेको बताए ।
यसअघि, मंगलबार बसेको प्रमुख चार दलको बैठक प्याकेजमै सहमति हुनुपर्ने सत्तापक्षीय अडानका कारण निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर