जापानी धुवाँरहित कोइला नेपालमा

२१ मंसिर २०६९, बिहीबार १५:५० मा प्रकाशित

काठमाडौं २१ मंसिर । जापानमा निर्मित धुवाँरहित कोइराला नेपालमा पहिलोपटक भित्र्याइएको छ । दर्शन एक्सपोर्ट इन्पोर्ट प्रालिले नेपालमा पहिलोपटक जापानमा निर्मित दर्शन बिबिक्यु चारकोल र सिसा चारकोल (कोइला) भित्र्याएको हो । जापानी प्रविधिद्वारा जापानमा मात्र पाइने ओक नामको काठको धुलोबाट उत्पादन गरिएको यो कोइला नेपाली बजारमा पहिलोपटक भित्र्याइएको दर्शन एक्सपोर्ट इन्पोर्टका प्रबन्धक दीपक अधिकारीले जानकारी दिए । उक्त कोइला युरोप, अमेरिका, बेलायतजस्ता विकसित देशहरूका साथै पूर्वी एसियाका जापान, दक्षिण कोरिया, चीनलगायतका देशहरूमा निकै प्रयोग गरिने दाबी गरिएको छ ।

चारकोलको नामले पनि चिनिने यस कोइला धुँवारहित हुनुको साथै स्वास्थ्यका हिसावले अति फलदायी रहेको, कालो नलाग्ने, खरानी चार प्रतिशत मात्रै हुने र ग्याँसभन्दा पनि सस्तो पर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार