हतियार कारोबारको अभियोगमा फोरम–नेताका छोरा पक्राउ

२१ मंसिर २०६९, बिहीबार १५:२८ मा प्रकाशित

सिरहा, २१ मंसिर । हतियार कारोबार गरेको आरोपमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला उपाध्यक्ष बेचन महतोका छोरा पक्राउ परेका छन् । असनपुर गाविस–८ दोहटिया घर भएका फोरम लोकतान्त्रिकका सिरहा जिल्ला उपाध्यक्ष बेचनका २४ वर्षीय छोरा रमेश महतो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका टोलीले बुधबार बिहान घरबाटै रमेशलाई पक्राउ गरेको हो । मकवानपुरमा हतियारसहित पक्राउ परेका एक युवकले सिरहाका रमेशसँग हतियार किनेको बयान दिएपछि रमेशलाई पक्रिएको बुझिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका रमेश भारतीय बजारहरूबाट हतियार नेपाल भित्र्याएर अपराधीको हातबाट बिक्री गर्दै आएका थिए ।
यसैबीच बा“के जिल्लाको रनियापुर–४ का मिज्जन खा“लाई गाई काट्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले रनियापुर–१ का मेराज साइको घरमा रातको समयमा गाई काट्दै गरेको सूचनाका आधारमा छापा मारी पक्राउ गरेको हो । खा“लाई गाईको मासु र मासु बोक्ने दुईवटा साइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना