गलत प्रस्ताव गर्नेलाई रियाले देखाइदिने

२१ मंसिर २०६९, बिहीबार १३:४२ मा प्रकाशित

अन्ततः रियाले भनेजस्तै भएको छ यतिबेला । थुप्रै सिनेमाबाट उनलाई फिल्मका लागि अफर नआएको त होइन तर पुङ न पुच्छरको भूमिका आउँथ्यो । अनुहार मात्र देखाउन किन फिल्म खेल्ने ? भन्दै उनले त्यो अस्वीकार गरिन् । लामो समयको पर्खाइपछि रियाले हाल छायाङ्कन भइरहेको चलचित्र ‘जञ्जिर’मा गजवको भूमिका पाएकी छिन् ।
शोभित बस्नेतको निर्देशन अनि करण श्रेष्ठको निर्माण रहेको चलचित्र ‘जञ्जिर’को छायाङ्कनको क्रममा रियाले भनिन्, ‘फिल्म खेलाइदिने बहानामा गलत उद्देश्य बोकेर मलाई अफर गर्नेहरूलाई अब म देखाउनेछु ।’ ‘जञ्जिरको रिलिजपछि रिया साँच्चिकै क्षमतावान कलाकार रहिछे भन्ने कुरा सबैले थाहा पाउँछन्,’ उनले झोक्किँदैन भनिन् ।
आफू अलि आधुनिक विचारधाराको र डे«सअप पनि त्यस्तै गर्ने गरेका कारण डे«सलाई हेरेर आफूप्रति धारणा बनाउनेहरूदेखि रिया निकै रुष्ट छिन् । सिनेमा खेल्ने आशामा गलत रूपले प्रस्तुत हुने केही युवतीको व्यवहारका कारणले नेपाली सिनेमामा लागेका र लाग्न खोजेकाहरूलाई केही चलचित्रकर्मीले गलत सोचले हेर्ने गरेको कुरा रियाले बुझेकी रहिछिन् । ‘आफूलाई नेपालको रामै्र निर्देशक भन्न रुचाउनेको व्यवहारबाट पनि मेरो मन दुखेको छ । त्यस्तालाई देखाउन पनि चलचित्र जञ्जिर मेरा लागि भरपर्दो चलचित्र बन्नेछ,’ उनले भनिन् ।
व्यावसायिक सोचभन्दा पनि फिल्म बनाउन पाइयो भने केटी घुमाउन पाइन्छ भन्नेहरूको भीड बढेकोले चलचित्र क्षेत्रमा राम्रा व्यक्तिहरूको प्रवेश कम हुन थालेको अनुभव उनको छ । ‘यस्ता फटाहाहरूलाई नङ्ग्याउनुपर्छ,’ उनी भन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। प्लेब्वाय मेन्सनको विषयमा धेरै किसिमका चर्चाहरु हुन्छन् । एक समय हरेक महिला मोडलको लागि ह्यु हेफनरको यो मेन्सनमा जानु

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाले आफ्ना अर्ध नग्न तस्वीरहरू सामाजिक सञ्जामार्फत

काठमाडौँ । यस वर्ष ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी डिजाइनर रनवे १० आगामी

मुम्बई । भारतीय नायिका अप्सरा रानीका अर्धनग्न तस्वीरहरू सार्वजनिक भएका छन् । बेलाबेला चर्चामा आइरहने अप्सराको ती तस्वीरहरू भाइरल बनेका