कुमाल समुदायमा प्रहरीको निगरानी

२१ मंसिर २०६९, बिहीबार १३:०४ मा प्रकाशित

धादिङ, २१ मंसिर । वालिका होस् या किशोरी घर भित्र्याएर जवरजस्ती सिन्दुर हालेर श्रीमती बनाउने कुमाल समुदायको परम्पराविरुद्ध प्रहरीले निगरानी बढाएको छ । जबरजस्ती वालविवाह गराएको आरोपमा धादिङ प्रहरीले वालिका विवाह गर्ने युवक सहित तीन जनालाई पक्राउ गरेको छ ।
कुमाल समुदायमा वालविवाहलाई सामान्य मानिएपनि प्रचलित कानूनमा वालविवाहलाई अपराध मानिएको छ । चितवन पिठुवा – ९ बस्ने श्यामबहादुर कुमालकी १४ बर्षिया छोरी तुलसीलाई झुक्याएर विवाह गरिदिएको आरोपमा धादिङको मैदी– ९ का सुदिप कुमाल, मिन बहादुर कुमाल र तिल बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
मंसिर ६ गते धादिङको मैदी – ९ बस्ने बर्ष ३० की कमला कुमालले १४ बषर््ािया तुलसी कुमाललाई ललाई फकाई गरी सोही ठाउका १९ बषर््ािय सुदिप कुमालसँग जवरजस्ती विवाह गरिदिएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
वालविवाह गर्ने सुदिप कुमाल, ललाईफकाई वालविवाह गराउने मिनबहादुर र तिलबहादुर कुमाल तत्काल पक्राउ परेपनि फरार रहेकी कमलाको खोजी भईरहेको प्रहरीले जनाएको छ । वालिकालाई घरायसी कामदारका रूपमा काममा लगाईदिने भन्दै चितवनबाट धादिङबेसी हुंदै मैदी पु¥याएर जवरजस्ती विवाह गराईदिएपछि बालिकाले उक्त विवाहमा आफ्नो सहमति बिपरित भएको बताउनुभएको छ ।
पक्राउ परेकाहरू विरुद्ध वालविवाह मुद्दा दर्चा गरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरिएको र अन्य फरार प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
कुमाल समुदायको बाक्लो वसोवास रहेको मैदी गाविसको पिपलटारमा अहिले सम्म पनि उमेर नपुगेकी किशोरीलाई जवरजस्ती श्रीमती बनाउने चलन कायम छ ।
केही बर्ष अघिसम्म धादिङको पिपलटारमा कुनै पनि पुरुषले जबरजस्ती आफ्नो घर भित्र्याएर श्रीमती बनाउने गरेकोमा पछिल्लो समय सामाजिक जागरण बढेपछि यहाँका किशोर किशोरी जागरुक हुन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार