कोइरालाको उम्मेदवारीको जनमोर्चाद्वारा स्वागत

२१ मंसिर २०६९, बिहीबार १२:४५ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । राष्ट्रिय सहमतीको सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको उम्मेदवारमा नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोईरालालाई चयन गरेकोमा जनमोर्चा नेपालले सकारात्मक भन्दै स्वागत गरेको छ । नेपाली राजनीतिमा सुशील कोइरालाको त्याग र निष्ठालाई राष्ट्रले सकारात्मक दोहन गर्नुपर्ने सो पार्टीका महासचिव साध्यबहादुर भण्डारीले बताएका छन् । एक विज्ञप्तिमार्फत् महासचिव भण्डारीले वर्तमान राजनीतिक अन्यौल चिर्दै संक्रमणकालको अन्त्य गर्न र ०६२/०६३ सालको जनआन्दोलनलाई संस्थागत गर्न सरकारमा कोइरालाको नेतृत्वले योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक न्याय प्राप्त गर्र्न, लोकतन्त्रको संस्थागत विकास गर्न, राष्ट्रिय सार्वभौमिकताको सम्वद्र्धन र सुदृढीकरण गर्न राष्ट्रिय सहमतिको सरकार यतिबेला ज्वलन्त आवश्यकता हो भन्दै भण्डारीले त्यस्तो सरकारले मात्रै आमनिर्वाचनको घोषणा गरी संविधानको निर्माण, लोकतन्त्रको सुदृढीकरण, राज्यको पुनर्संरचना, समावेसी राज्य संयन्त्र र आन्दोलनको उपलब्धीको रक्षा गर्दै अन्योलग्रस्त रहेको मुलुकको अवस्थालाई सही दिशामा ल्याउन सक्ने धारणा अघिसारेका छन् । हामी संम्बद्ध पक्ष खासगरी एनेकपा माओवादी, तराई केन्दित क्षेत्रिय दलहरु र अन्य सबै पार्टी/संगठनहरुलाई सहमतिको राष्ट्रिय सरकार निर्माण गर्नमा योगदान गर्न पनि जनमोर्चा नेपालले आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा