पूर्व युवराज पारस शाह थाइल्यान्डमा पुन: पक्राउ, एक महिना सुधारगृहमा राखिने

२१ मंसिर २०६९, बिहीबार १०:०९ मा प्रकाशित

फुकेट, थाइल्याण्ड, २१ मंसिर । पूर्वयुवराज पारस शाह थाइल्यान्डमा पुन: पक्राउ परेका छन । एक महिनाअघि थाइल्यान्डको फुकेटमा गाँजासहित पक्राउ परेर तारेख धाइरहेका पूर्वयुवराज पारस शाहलाई सोमबार अदालतले सुधार गृह पठाउने आदेश दिएको थियो । फुकेट न्युजका अनुसार छातीमा पीडा भएको भन्दै सोमबार फुकेटस्थित बैंकक अस्पताल पुगेका पारसले स्वास्थ्य परीक्षणपछि थङ्गलर प्रहरीचौकीमा हाजिर भएर बयान दिएका थिए । स्वास्थ्य खराबीले सुधारगृहमा उपस्थित हुन नसकेको बयान दिएलगत्तै प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेर विमानमा राखेर बैंकक पठाएको छ । फुकेट न्युजका अनुसार पारसलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा पुन: प्रहरीले नियन्त्रणमा लिएको हो । फुकेट न्युजका अनुसार २० लाख थाई भाट बराबरको क्षति पुर्‍याएको भन्दै होटल मालिकले पारश शाह बिरुद्द उजुरी दिएका छन् । शाहलाई मंगलबार राति थङ्लर प्रहरीचौकीले विमानबाट बैंकक पुर्‍याइएको छ । फुकेट अदालतले पारसलाई आउँदो मंगलबार (मंसिर २६) भित्र ‘बैंङ जो प्रिजन’ मा हाजिर हुन भनेको छ । कात्तिक ७ गते फुकेटको एक होटलमा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। छापा मार्दा पूर्वयुवराज पारस र एक थाई महिला भेटिए । पारस बसेको होटलको कोठामा गाँजा भेटिएको थियो । परिचय नखुलाइएकी थाई महिलालाई माफी मागेकाले तत्काल छाडे पनि प्रहरीले पारस शाहलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

आजको प्रमुख समाचार