आफूले चाहेर पनि मूल्य बृद्धि नियन्त्रण गर्न नसक्ने प्रधानमन्त्रीको विवसता

११ चैत्र २०६८, शनिबार १६:४५ मा प्रकाशित

काठमाडौ, ११ चैत ।  प्रधानमन्त्री डा बाबुराम भट्टराईले परनिर्भर अर्थतन्त्रका कारण चाहेर पनि मुलुकमा महंगी नियन्त्रण गर्न नसकिएको बताउनु भएको छ ।
साना दलको ज्ञापन पत्र बुझ्दै उहाँले विदेशबाट आयात गरिने समानहरुको मुल्य बृद्धि भएपछि यहाँ चाहेर पनि यसको मूल्य नियन्त्रण गर्न नसकिने उहाँले बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थ विदेशबाट ल्याउनु पर्ने बाध्यता रहेको र उता मूल्य बृद्धि हुँदा यहाँ स्वतः बृद्धि हुने बताउनु भयो । विपन्न परिवार र विद्यार्थीहरुको लागि राहत प्याकेज ल्याएर भएपनि जनतालाई राहत दिन सरकार तत्पर रहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले मुलुको आर्थिक समाजिक अवस्था पुरानै भएको अवस्थामा सबै काम एकै पटक गर्न निकै कठिन भएको बताउनु भयो ।
भट्टराईले सकुम्वासीहरुलाई वैकल्पीक व्यवस्था गरेर मात्र हटाउन लागेको जानकारी दिनुभयो । उहाँले तत्कालको लागि बास्तविक सुकुम्वासिलाई कोठाभाडाको रुपमा १५ हजार दिने र बैकल्पिक स्थानको व्यवस्था गरिने बताउनु भयो ।
‘सुकुम्वासिलाई सरकारले उठिबास लगाउँछ भनेर हल्ला फिजाईनु गलत हो’ प्रधानमन्त्रीले भन्नुभयो–‘बास्तविक सुकुम्बासिको पहिचान गरि वैकल्पिक व्यवस्था गछौं तर नक्कली सुकुम्बासिहरुलाई भने कडाईका साथ हटाउँछौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।