जालसाजी गर्ने संघाईलाई अस्पतालको सुविधा

२१ मंसिर २०६९, बिहीबार ०९:५५ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । दुग्ध विकास संस्थानको स्याचेट क्रेट खरिदको लागि गत असारमा आव्हान गरेको सिलबन्दी टेण्डरसाथ पेश गरेको कर चुक्ताको कागजात नक्कली रहेको खुलासा भएपछि व्यापारिक घराना संघाई ग्रुपका प्रमुख सदस्य तथा सोही घरानाअन्तर्गतको त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि.का डाइरेक्टर गोविन्दलाल संघाईलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी हनुमानढोका पठाएको छ । तर, गत मंगलबार पुतलीसडकबाट पक्राउ परेका संघाइ भने यतिबेला हनुमानढोकामा छैनन् । उनी यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालको सुविधाजनक ‘बिरामी बेड’मा आरामका साथ रहेका छन् । प्रहरीबाट बच्न लुकीछिपी बस्दासम्म सकुशल रहेका गोविन्दको स्वास्थ्य स्थिति पक्राउ भएलगत्तै बिग्रेको भन्दै प्रहरीले नै नर्भिक अस्पताल भर्ना गरि सुविधा प्रदान गरेको आरोप नागरिक समाजबाट लगाइएको छ ।
९६ लाख ५८ हजार १ सय १० रुपैयाँको उक्त टेण्डर हासिल गर्न पेश गरिएका कागजातहरु त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि. का डाइरेक्टर संघाईले नै हस्ताक्षर गरी पेश गरेको खुल्न आएकोमा सो बारे अनुसन्धान गर्दा आन्तरिक राजश्व बिभाग, आन्तरिक राजश्व कार्यालय, काठमाडौं क्षेत्र नं. २ अन्तरगतको करदाता सेवा कार्यालय, नयाँ सडक न्यूरोडबाट जारी भएको भनिएको चलानी नम्बरका कागजातहरुमा फरक–फरक मिति र बिषयमा अन्यत्र कार्यालयहरुमा पत्राचार भएको खुल्न आएको थियो । सोही अभियोगमा निजलाइ पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइएको हो । सर्वसाधारणलाई पक्राउ गर्दा आफन्त भेट्न समेत मुस्किल पर्ने गरेकोमा राज्यलाई कर तिरेको भनी फर्जी कागज देखाएर करोडौँको ठेक्का हात पार्न खोज्ने अभियुक्तलाई प्रहरीकै मिलेमतोमा सुविधा प्रदान गरिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार