प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने प्रक्राउ

२१ मंसिर २०६९, बिहीबार ०९:२२ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गर्ने काठमाडौं सतुंगल–७ बस्ने बैतडी मेलौलीका २७ वर्षीय धनेन्द्र भत्रे धनबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट चन्दलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको प्रहरीले जनाएको छ ।अभियुक्त चन्दले विगत केही वर्ष पहिलेदेखि विभित्र व्यक्तिहरुलाई नेपाल प्रहरीमा भर्ना गराइदिन्छु भनि रकम असुल गर्दै आएको र गत वर्ष नेपाल प्रहरीमा प्रहरी जवान पदको भर्ना खुलेको बखत बर्दिया जिल्ला पशुपतिनगर–१ बस्ने बेफुराम चौधरीलाई जवान पदमा भर्ना गराइदिन्छु भनी २ लाख ८५ हजार रुपैयाँ लिई ठगी गरेको समेत प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार