अपांगता भएका व्यक्तिका लागि रोजगारी मेला

२१ मंसिर २०६९, बिहीबार ०८:२२ मा प्रकाशित

काठमाडौं, २१ मंसिर । नेपालमा अपांगता भएका नागरिकहरूलाई रोजगारीमा संलग्न गराउन मध्यस्ता गर्ने मुख्य उद्देश्यबाट बुधबार ‘करिअर एक्स्पो फर पर्सन विथ डिस्यालिटीु नामक मेला आयोजना भएको छ । नेपालमै पहिलो पटक आयोजित अपांगता भएका नागरिकहरूका लागि रोजगारी मेलामा पहिलो पटक रोजगारदाता, रोजगारीको खोजीमा रहेका अपांगता भएका नागरिकहरु, यससम्बन्धी काम गरिरहेका संस्थाहरू र नीतिनिर्माताबीच प्रत्यक्ष अन्तर्क्रिया भएको छ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, उद्योग वाणिज्य महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको महासंघद्वारा नेपाल पत्रकार महासंघ र मेरो जब।कमको सहकार्यमा आयोजित सो करिअर एक्स्पोका क्रममा रोजगारीमा संलग्न हुन चाहने करिब ५ सय अपांगता भएका व्यक्तिहरूको रोजगारीका लागि वैयक्तिक विवरण संकलन गरिएको छ।
अपांगता भएका नागरिकहरूलाई संगठित रूपमा रोजगारी प्रदान गरिरहेका संघसंस्था र निजी व्यावसायिक प्रतिष्ठानहरूको अनुभव, अपांगता भएका नागरिकहरूको रोजगारी अनुभव, सुविधा वा समस्याहरू, रोजगारीका लागि विद्यमान कानुनी व्यवस्था लगायतका विविध पक्षमा पाँच कार्यसत्रमा रोजगारदाता, नीतिनिर्माता र निजी क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अपांगता भएका नागरिकहरूलाई पनि उनीहरूको शैक्षिक योग्यता, सीप र दक्षताअनुसारको काम दिन राज्यले र निजी क्षेत्रले ध्यान दिनु पर्ने, यस्ता नागरिकको कार्यथलो विशेष सुविधायुक्त हुनु पर्ने, कार्यक्रमा विशेष समय वा सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिइयो।
हाल लोकसेवा आयोगको परीक्षामा ५ प्रतिशत अपांगता भएका व्यक्तिलाई रोजगारीको व्यवस्था भए पनि सो प्रभावकारी हुन नसकेको, २५ जनाभन्दा बढी कामदार राख्ने कम्पनीमा कम्तिमा १ जना अपांगता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने व्यवस्था पनि प्रभावकारी ढंगले लागु हुन नसकेको सहभागीहरूको भनाइ थियो। अपांगता भएका नागरिकहरुलाई रोजगारीमा संलग्न गराउँदा सामान्य लगानी थप्नुपर्ने भए पनि त्यसबाट प्राप्त हुने उत्पादत्वक अत्याधिक भएको यस्ता नागरिकहरूलाई रोजगारी दिने रोजगारदाताहरूको अनुभव सुनाए ।
अपांगता रोजगारीका क्षेत्रमा क्रियाशील १५ भन्दा अधिक राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा सेवाका अवसरबारे प्रत्यक्ष जानकारी प्रवाह गरिएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ ९एआईएन०का तर्फबाट करुणा फाउन्डेशनले गैरमुनाफामुखी संस्थामा अपांगता भएका व्यक्तिलाई रोजगारी दिँइएमा पाँच जनाका लागि एक वर्षको तलबमा विशेष अनुदान दिने घोषणा गरेको छ भने वाटर एड नेपालले एक जनालाई परामर्शदाताको रोजगारी प्रदान गरेको छ। यस्तै रिड नेपालले आगामी रोजगारीमा अपांगता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिने घोषणा गरेको छ। हेल्भिटास नेपालले होटल एसोसियसनको सहकार्यमा बहिरापन भएका ३० जना महिला र २० जना पुरुषलाई होटलसम्बन्धी प्रशिक्षण प्रदान गर्ने घोषणा गरेको छ।

नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले अपांगता भएका व्यक्तिहरूको अधिकार प्रबर्द्धनसम्बन्धी उच्चस्तरीय कार्यसंयन्त्रले हाल काम गरिरहेका प्रष्ट पार्नु भयो। हाँले लोकसेवा आयोगले गर्दै आएको ५ प्रतिसत आरक्षण लाई पुर्ण उपयोग गर्न अपांगताभएका व्यक्तिहरुलाई लोक सेवा प्रवेशका निम्ती तालिमको व्यवस्था गर्नु पर्ने बताउनु भयो।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले अपांगता परिचय पत्रको दुरुपयोग रोक्दै निजि क्षेत्रमा अपांगता भएकाहरुलाई रोजगारीका अवसर दिनुपर्ने बताउनु भयो भने महिला बालबालिका तथा समाज कल्याण सहसचिव पूर्णभक्त तण्डुकार श्रम विभागका महानिर्देशक केबल भण्डारी, लोकसेवा आयोगका सहसचिव केदार पौडेलले निजामति प्रशासन र लोकसेवा आयोगमा अपांगता भएका नागरिकहरूलाई दिइएको आरक्षण र निजी क्षेत्रमा रोजगारी दिइँदा दिइएका कर छुटका प्रावधानहरूबारे जानकारी दिनु भयो।
करियर एक्स्पोका संयोजक करुणा फाउन्डेशनका राष्ट्रिय निर्देशक दीपकराज सापकोटा यस किसिमको सम्मेलनले नेपालमा अपांगता भएका नागरिकहरूको मुद्दामा ध्यानाकर्षण गराउन मद्दत पुगेको भन्दै यसलाई वार्षिक कार्यक्रममै रुपमा आयोजना गर्ने सोच भएको जानकारी दिनुभयो।
रोजगार मेलामा नेपाल अपांग समाज बहुउद्देशीय सहकारी संस्था, बौद्धिक अपांगता आमा समाज, नेत्र ज्योति संघ, बाल मस्तिष्क पक्षघात, इप्सा नेपाललगायतका विभन्न अपांगता क्षेत्रमा कार्यरत संघ संस्थाका १५ स्टलहरु राखिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को