भैरहवामा औद्योगिक ब्यापार मेला सुरु

२१ मंसिर २०६९, बिहीबार ०८:११ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, २१ मंसिर । भैरहवामा आगामी पुष १ गतेसम्म सञ्चालन हुने लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु भएको छ । ब्यापार मेला–२०६९ को मुल आयोजक समितिका संयोजक बिण्णुप्रसाद शर्माका अनुसार मेलास्थलमै अस्ट्रिच चराको मासु, जिउँदो माछा बिक्री, हेलिकप्टरबाट लुम्बिनी दर्शन तथा बिभिन्न बौद्ध गुम्बाहरुको होर्डिङबोर्डद्वारा मेलास्थलमै लुम्बिनीको दर्शन गराउने भएकोले बिगतको मेलाको तुलनामा यो मेला पृथक हुनेछ ।
मेला स्थलमा दुई सय पचास भन्दा बढी स्टलमा फिना जोन, आईटी जोन, बैंक तथा बित्तिय संस्थाहरु, होजियरी, हस्तकला, महिलाले बनाएका बिभिन्न परिकारहरु, अटो, कृषि तथा बिभिन्न संघ संस्थाहरु तथा बाल उद्यानबाट दर्शकले मनेरञ्जन लिन सक्ने स्टल ब्यावस्थापन समिति संयोजक भिष्मप्रसाद न्यौपानैले बताए ।
मेलास्थलबाट चार हजार पाच सय रुपैयाँमा दर्शकले हेलिकप्टरबाट लुम्बिनीको दर्शन गर्न पाउने छन् ।
मेलाले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई समेत सघाउ पुर्याउन नेपाल पर्यटन बोर्ड काठमाडौ, भारतको प्रेस क्लब गोरखपूरमा समेत पत्रकार सम्मेलन गरि कार्यक्रमको प्रचार प्रसार गरिएको प्रचार प्रसार समितिले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

आजको प्रमुख समाचार