फर्जी फोनले बेलायती युवाराज्ञी केटको स्वास्थ्य स्थिति सार्वजनिक भयो

२१ मंसिर २०६९, बिहीबार ०७:१० मा प्रकाशित

एजेन्सी, काठमाडौ, २१ मंसिर । गर्भवती बेलायती युवाराज्ञी केट मिडलटनको उपचार भैरहेको बेलायत स्थित एक अस्पतालमा फर्जी फोन गरेर अस्ट्रेलियाको रेडियोले उनको स्वास्थ्य स्थिति सम्बन्धि समाचार सम्प्रेषण गरेको छ । अस्ट्रेलियाको रेडियोमा कार्यरत समाचार प्रस्तोताले बेलायती महारानी र युवराज चार्ल्स बनेर युवाराज्ञी केट मिडलटनको उपचार भैरहेको किंग एडवार्ड अस्पतालमा फोन गर्दा अस्पताल प्रसाशनले बेलायती राज परिवारको फोन ठानेका थिए । अस्ट्रेलियाको टुडे एफएम रेडियो स्टेशनले भनेको छ, ‘धन्न उनीहरु पक्राउ परेनन् । हामी यस घटनाको लागि क्षमा प्राथी छौ ।’ विलियम र कैथरीनका प्रवक्ताले उक्त फर्जी फोन बारे केहि बताउन चाहेनन् ।’ बताइए अनुसार सिडनीको यो रेडियो स्टेशनका समाचार प्रस्तोताहरुले आफु बेलायती राज परिवारको सदश्य भएको बताएर विश्वासमा केट मिडलटनको उपचारमा संलग्न नर्स मार्फत उनको स्वास्थ्य गतिबिधि बारे ताजा समाचार सम्प्रेषण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार