गोर्खा आन्दोलनलाई नयाँ उर्जा थप्न लण्डनमा कार्यक्रम

२१ मंसिर २०६९, बिहीबार ०१:०५ मा प्रकाशित

गंगा आले, लण्डन । बेलायतको मौसम चिसिँदै गएपनि गोर्खा आन्दोलनलाई नयाँ उर्जा थप्न ववी वासन ह्युमन राइट्स गोर्खा प्रोजेक्ट साउथइष्ट लण्डनले एक कार्यक्रमको आयोजना गर्‍यो ।

शनिबार विलविचस्थित लण्डन कलेज अफ इञ्जिनियरीङ एण्ड म्यानेजमेण्टमा सम्पन्न कार्यक्रममा ग्रिनवीच क्षेत्रका बृद्ध गोर्खा तथा तिनका परिवारहरुको बाक्लो सहभागीता थियो । कार्यक्रममा मन्तव्य दिँदै ववी वासनले गोर्खाहरुले जसरी पनि अधिकार प्राप्त गर्ने जनाइन् ।

गोर्खाहरुकै बहादुरीका कारण बेलायतको शाख बढेको बताउँदै उनले गोर्खाहरुलाई नागरिकताको अधिकार दिलाउन आफू लागिपर्ने बताइन् । गोरा सरह समान अधिकार, पेन्सन र १८ वर्ष उमेर पुगेका छोराछोरीहरुलाई बेलायत झिकाउन प्रोजेक्टले आन्दोलन छेडेको उनको भनाइ थियो । क्रिशमस लगत्तै थप शसक्त रुपमा अगाडी बढ्ने मानसकितामा रहन उनले गोर्खालीहरुलाई आग्रह समेत गरिन् ।

समाजका अध्यक्ष दिल बहादुर थापा (एम एम)को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार कृष्ण आलेले गोर्खालीहरु एकजुट भएर अघि बढे गोर्खा आन्दोलनले सफलता हाँसील गर्ने बताए । नन पेन्सनरले उठाएको मुद्धा भए पनि पेन्सनरहरुको बाक्लो उपस्थितिले मानव अधिकारको यस आन्दोलनलाई थप उत्साह दिएको उनले उल्लेख गरे । यो आन्दोलन पेन्सनको लागिमात्र होइन, आलेले भने ‘नेपालमा भएका हाम्रा बालबच्चालाई बेलायत झिकाउन र गोरा सरह अधिकार प्राप्तिको लागि पनि हो ।’ सो अवसरमा समाजका सचिव केश आलेले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । उनले संगठनको सुदृढीकरण र गोर्खा आन्दोलनलाई थप शसक्त बनाउन कार्यसमितिका सबै सदस्यहरुको महत्वपुर्ण योगदान रहेको समेत बताए ।

करीब २ महिना अघि मात्रै गठन भएको सो समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष डम्मर गुरुङले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन प्रश्तुत गर्दै गुरुङले जन्मदै गरेको समाजलाई सहयोग गर्नेप्रति आभार प्रकट गरे ।

समाजकी अगुवा कार्यकर्ता गंगा आलेको सञ्चलनमा भएको सो कार्यक्रममा गोर्खा आन्दोलनलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो । त्यस्तै ग्रिनवीच क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आएका स्थानीय श्याम शेरचनलाई पनि सम्मान गरीएको थियो ।

यसैबीच समाजले गोर्खा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने विभिन्न सहयोग समेत गर्ने बताएको छ । जिपी, काउन्सील, अस्पताल लगायतका स्थानमा जाँदा बृद्धबृद्धहरुलाई भाषाको समस्या हुने भएकोले उनीहरुलाई सहयोग गर्ने समाजले जनाएको हो । यसका लागि समाजका युवायुवतीहरुले भोलिन्टियरको रुपमा सहयोग गर्नेछन ।

बृद्धबृद्धाहरुलाई भाषाको ठुलो समस्या भएकोले उनीहरुलाई सहयोग गर्न हामीले विशेष कार्यतालीका बनाएका छौँ, समाजका सचिव केश आलेले भने, ‘आवश्यक सल्लाह र दोभासेको भुमिका निर्वाह गर्न हामीसंग धेरै युवायुवतीहरुले अभिरुचि देखाएका छन ।’ भाषाकै कारण अस्पताल तथा जिपीमा आफ्नो समस्या राख्न र औषधी सेवन गर्नपनि बृद्धबृद्धाहरुलाई समस्या पर्ने गरेको उनले उल्लेख गरे ।

सल्लाहकार कृष्ण आलेले बालबच्चा नेपाल भएका बृद्धबृद्धाहरुको समस्या ज्यादै विकराल भएको उल्लेख गर्दै आवश्यक सल्लाहका लागि समितिमा सम्पर्क गर्न आग्रह गरे । कार्यक्रममा समाजका अध्यक्ष थापाले सहभागीहरुप्रति आभार प्रकट गर्दै उनीहरुलाई धन्यबाद दिएका थिए ।

गोर्खालीहरुको समस्या समाधानका लागि गठन भएको यो पछिल्लो गोर्खा संगठनले गोर्खालीहरुलाई केहि हौसला दिएको कार्यक्रमका सहभागीहरुले बताएका थिए । बिसौं वर्ष अघिदेखि स्थापना भएका गोर्खा संगठनहरु केहि अधिकार प्राप्त गर्न सक्षम भए पनि छोटो अवधिमा ववी वासन मानवअधिकार गोर्खा प्रोजेक्टले ठोस योजना अघि सारेको उनीहरुको भनाई थियो ।

अदालती प्रकृया र वीरगती प्राप्त पूर्व गोर्खालीहरुको काजकिरीयामा नै केहि गोर्खाली संगठन कठ्याङ्ग्रिएको उनीहरुले दावी गरे । ग्रिनवीच क्षेत्रबाट भेला भएका गोर्खाहरुले कार्यक्रमको अन्त्यमा खुशीको नाच प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको