विदेश भासिनु बाध्यता हो अभिनेता: -सरोज खनाल

२१ मंसिर २०६९, बिहीबार ००:३९ मा प्रकाशित

एक समयका नेपाली चलचित्र क्षेत्रका कुशल अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन्। लामो समय भइसक्यो उनी अमेरिकामा बसेको। त्यता बसे तापनि नेपाली चलचित्र क्षेत्रतर्फ उनको रुचि भने घटेको छैन। यसै साता केही समयका लागि नेपाल आउने तयारीमा रहेका खनालसँग गरिएको कुराकानी।
० यसपटकको नेपाल आगमन केका लागि?
– पारिवारिक भेटघाट पनि छ।
० कुनै चलचित्रसम्बन्धी काम त होइन?
– अहिले त्यस्तो छैन। तै पनि केही समयपछि चलचित्र निर्माण गर्ने सोच भने बनाएको छु।
० कसरी आयो नि यो सोच?
– जहाँ बसे पनि आफ्नो क्षेत्र बिर्सन सकिँदैन रहेछ।
० नेपाली कलाकारितासम्बन्धी केही गर्नुभयो अमेरिकामा?
– समय–समयमा कार्यक्रमहरू गर्ने गरेको छु। दशैँमा मात्र नेपालबाट महानायक राजेश हमाललाई निमन्त्रणा गरेर एउटा भव्य नेपाली कार्यक्रम गरियो।
० को–को थिए त्यसमा?
– नेपालबाट राजेशजी अनि अमेरिकामा रहनुभएका गौरी मल्ल, सारङ्गा श्रेष्ठ र मेरो सहभागिता थियो।
० कस्तो रह्यो कार्यक्रम?
– छरिएर रहेका कलाकार एकै थलोमा भेट हुँदा नेपालमा नै कार्यक्रम गरेकोजस्तो आभाष भयो। व्यावसायिक कार्यक्रमभन्दा पनि भावनात्मक सम्बन्धको रूप लियो त्यो कार्यक्रमले।
० अहिले त नेपालमा भन्दा पनि अमेरिकामा नेपाली कलाकार धेरै छन् भन्छन् नि?
– त्यसो होइन। हामी पुराना कलाकार उता छौँ तर नयाँ कलाकारहरूको उपस्थिति र सफलता नेपालमा रामै्र छ नि यतिबेला।
० तपाईं त्यतिबेला केका लागि अमेरिका छिर्नुभयो?
– त्यतिबेला दामकै लागि छिरियो। अहिलेजस्तो नेपाली चलचित्र क्षेत्र व्यावसायिक पनि बनिसकेको थिएन नि त्यतिबेला।
० भनेपछि त्यतिबेला अहिलेजस्तो भएको भए तपाईं अमेरिका पलायन हुनुहुन्नथ्यो होला, होइन?
– म मात्र होइन। धेरै कलाकार पलायन हुँदैनथे होला। तर, त्यतिबेलाको अवस्था त्यस्तै थियो।
० तपाईंले निकै लामो समयपछि अभिनय गरेको चलचित्र 145मानव146 पनि अब रिलिज हुँदै छ नि होइन र?
– हो, अघिल्लोपटक नेपाल आउँदा मैले ‘मानव’ चलचित्रमा काम गरेको थिएँ। अब केही महिनामा रिलिज हुँदै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा