क-कसले झ्याइँ पार्ने भए यो हिउँदमा ?

२१ मंसिर २०६९, बिहीबार ००:३४ मा प्रकाशित

काठमाडौं । नेपाली उखानै छ, जोडी बाँध्नु चिसो छल्ने सबैभन्दा उत्तम विकल्प हो । मुटु नै कमाउने चिसो बढेसँगै केही सेलिब्रटीहरुले पनि जोडी जमाउने सुर कसिसकेका छन् । उसो त हिउँद याम विवाह बन्धनमा बाँधिने मौसम पनि हो ।

यही मौसमलाई नायक यशराज र नायिका सोनिया केसीले जोडी बाँध्ने उत्तम मौकाको रुपमा लिएका छन् । सोनिया २५ मंसिरमा विवाहको गाँठो कस्दैछिन् भने त्यसको दुई महिना लगत्तै नायक यशराजले पनि जोडी भित्र्याउने भएका छन् ।

दुवैको प्रेमपछिको मागी विवाह हँदैछ । सोनियाको ६ महिनादेखि काठमाडौं सुकेधाराका अमेरिकी गि्रन कार्ड होल्डर देवेन्द्र कार्कीसँग माया बसेको थियो । सोनियाको तुलनामा यशराजको अफेयर भने लामो रहेछ । इन्भेष्टमेन्ट बंककी जागिरे अञ्जना मिश्रसँग यशराजको एक दशकदेखि प्रेम बसेको हो । उनीहरु १९ माघमा विवाह गर्दैछन् ।

सिनेमा क्षेत्रका यी दुईबीचको विवाहपछिको फरकपन समेत देख्न सकिनेछ । किनभने सोनिया विवाह गरेर अमेरिका भासिंदैछिन् भने यशराज आफ्नो करियरमै लागिरहनेछन् । जोडी बाँधिएर जो जता लागेपछि जाडो भने आनन्दकै हुने भो उनीहरुको ।
FilmNepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा