शीर्ष बैठक लाजिम्पार्टमा बस्दै, बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

२० मंसिर २०६९, बुधबार १६:४० मा प्रकाशित

काठमाडौँ, २० मंसिर । सत्तारुढ दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । एकीकृत माओवादी, मधेसी मोर्चा सहितको सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । सहमतिय सरकारका लागि प्रयास भइरहेको बेला सत्तारुढ गठबन्धनले आफ्नो धारणा बनाउन बैठक बोलाएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले बताए ‘सत्तारुढ गठबन्धनको धारणा तय गर्न बैठक बोलाइएको हो’ उनले भने ‘बैठक बसी रहेको छ ।’
कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा सभापति सुशील कोइरालाको नाम अघि सारेको केही घण्टापछि नै सत्तारुढ गठबन्धनको आकस्मिक बैठक बोलाइएको हो । गठबन्धनमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने २१ दल छन्। सत्तारुढ गठबन्धन बैठक सकिने बित्तिकै प्रमुख दलहरुबीच लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बैठक हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो