अत्याधिक भ्रष्टचारीको लिष्टमा नेपाल

२० मंसिर २०६९, बुधबार १६:३७ मा प्रकाशित

काठमाडौ, २० मंसिर । अत्याधिक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल पनि राम्रै स्थानमा परेको छ । विश्वव्यापी रुपमा भ्रष्टाचर विरोधी अभियानमा लागेको ट्रान्सपरेन्सी इन्टरनेसनलले आज सार्वजनिक गरेको रिपोर्टमा अत्ति भ्रष्टचार हुने मुलुको सूचीमा नेपाल परेको हो ।
१ सय ७४ मुलुकमध्ये नेपाल १ सय ३९ स्थानमा रहेको छ । बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।
डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान  नेपाल भन्दा पछाडि छ । भुटानले  ६४, श्रीलंकाले ४०, भारतले ३६, पाकिस्तानले २७ र बंगलादेशले २६ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार