कांग्रेसले पार्टी सभापति कोइरालालाई प्रधानमन्त्री उमेदवारका रुपमा उभ्यायो

२० मंसिर २०६९, बुधबार १६:२८ मा प्रकाशित

काठमाडौ, २० मंसिर । कांग्रेसले पार्टी सभापति सुशील कोइराला पार्टीको तर्फबाट सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । आज बसेको  बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमा कोइरालाको नाम सर्वसम्मत रुपमा निर्णय गरेको छ ।
कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका लागि केन्द्रीय कार्यसमितिमा उपसभापति रामचन्द्र पौडेलले गरेको प्रस्तावलाई  बरिष्ठ नेता शेरबहादुर देउवाले समर्थन गरेका छन् ।  बैठकमा ताली बजाएर उक्त निर्णयको सबैले समर्थन जनाएका छन् ।
यसअघि कोइराला निवास महाराजगंजमा बसेको पदाधिकारी र केही बरिष्ठ केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकमा उपसभापति पौडेलले आफ्नो दावी छाडेपछि कोइराला सर्वसम्मत उम्मेदवार बनेका हुन् । अर्का आकांक्षी शेरबहादुर देउवाले यसअघिनै प्रधानमन्त्री पदको दावी छाड्दै कोइरालालाई सहयोग गर्ने घोषणा गरेका थिए । अहिले सम्म शासकीय अनुभव नलिएका कोइराला पहिलोपटक प्रधानमन्त्रीका उम्मेदवार बनेका छन् । माओवादीसहित तीन दलको बैठकमा औपचारिक रुपमा उम्मेदवार तय गर्न दबाव परेपछि कांग्रेसले कोइरालालाई सर्वसम्मत उम्मेदवार बनाएको हो । उम्मेदवारको औपचारिक घोषणा हुनसाथ आजै प्रमुख तीन दलको बस्ने बैठकमा थप सहमतिका लागि प्रयास गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार