‘भावी प्रधानमन्त्री कोइराला नै हो’

२० मंसिर २०६९, बुधबार १६:२४ मा प्रकाशित

भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भावी प्रधानमन्त्री कांग्रेस सभापति सशील कोइराला नै हुन सक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले एमाओवादीलगायत अन्य विपक्ष दलहरुले समेत कोइरालालाई प्रधानमन्त्रीमा स्वीकार गरिसकेको बताए ।
‘सबै सरकार भारतकै इसारामा बनेका छन्,’ उनले भने, ‘हालै भारतीय नेता करन सिंहको आगमनले पनि कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् ।’
‘कोइराला प्रधानमन्त्री बन्दैमा पनि देशले निकास पाउँदैन,’ उनले भने, ‘बाबुराम भट्टराई नेत्तृवको सरकारले मुलुकलाई समस्या मात्रै दिएको छ ।’ राष्ट्रपतिले दिएको समयसीमा दलहरुले सहमतिको सरकार निर्माण गर्न नसके राष्ट्रपतिले पुनः तीन दिन म्याद थप्न सक्ने उनले भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार