प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वका स्वीकार्न सकिने एमाओवादीको निर्णय

२० मंसिर २०६९, बुधबार १६:२१ मा प्रकाशित

काठमाडौं, २० मंसिर । बिबादित सबै विषयहरु प्याकेजमा सहमति भएका कांग्रेसको नेतृत्वका स्वीकार्न सकिने एमाओवादीले औपचारीक निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको पदाधिकारी बैठकले प्याकेजमा सहमति नहुँदा सम्म सरकार नछाड्ने निर्णय गरेको हो ।एमाओवादीले निर्वाचन, संविधान, कानूनी जटिलतालगायतमा प्याकेजमै सहमति हुने पुर्ने जनाएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुका बीच संविधान सभाको नयाँ निर्वाचनका बारेमा टुङगो लाग्नुपर्ने उल्लेख गरे । एमाओवादीका विदेश संगठन विभाग प्रमुख कृष्णबहादुर महराले कांग्रेससँग राजनीतिक विषयहरुमा सहमति भए नेतृत्व दिन सकिने बताए । उनले भने, ‘राजनीतिक एजेण्डाहरुमा सहमति भयो भने सहमतीय सरकारको नेतृत्व कांग्रेसलाई दिन कुनै आपत्ति छैन ।’ कांग्रेसले सहमतीय सरकारको नेतृत्व पाउने दाबी गरिरहेका बेला एमाओवादीको सो निर्णय आएको छ । यस अघि मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेसलाई प्रधानमन्त्रीको नाम दिन एमाओवादी र एमालेले आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार