प्रचण्डले कसरी लगाइदिए माधवको मुखमा ताल्चा !

२० मंसिर २०६९, बुधबार ११:३९ मा प्रकाशित

काठमाडौं, २० मंसिर । नेकपा एमालेका नेता वामदेव गौतमलाई मातृशोक परेपछि गौतमलाई भेट्न उहाँको निवासस्थान भैंसेपाटी पुगेका एमाओवादी नेता प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच त्यहीँ पैंतालीस मिनेटसम्म गुप्त वार्तालाप भयो । गत बिहीबार मध्याह्न दुई नेताबीच भेटवार्ता भएयता माधव नेपालको मुखमा अप्रत्यासित र रहस्यमयी ढङ्गले ताल्चा लागेको महसुस राजनीतिक वृत्तमा गर्न थालिएको छ । गत सातासम्म एमाओवादी र प्रचण्डविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आउनुभएका माधव नेपाल अचानक ‘ठण्डा’ हुनुभएपछि प्रचण्डले कस्तो जादु गर्नुभयो भन्ने जिज्ञाशा उत्पन्न भएको छ । वामदेवको पारिवारिक सूत्रले जनाएअनुसार प्रचण्डले गुप्त वार्ताका क्रममा माधव नेपाललाई सहमतीय सरकारको प्रधानमन्त्री बन्नसक्ने व्यक्तिका रूपमा प्रशंसा गर्दै यसपटक आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । प्रचण्डले काङ्गे्रस नेतृत्वमा सरकार गठन गर्न आफू कुनै हालतमा पनि तयार नहुने जानकारी गराउँदै नेता नेपाललाई ‘बरु तपाईंको नेतृत्वमा सहमति बन्नसक्छ’ भनी पासा फ्याँक्नुभएको थियो । नेपालले यसपटक काङ्गे्रसकै नेतृत्वमा सरकार गठन गरेर चुनावमा जाउँ भन्दा प्रचण्डले त्यस्तो कार्य आफूबाट हुनै नसक्ने जवाफ फर्काउनुभएको थियो । गौतमको घरमा वार्तालाप हुँदा नेताद्वयले अघिल्लो दिन आफूहरूबीच भएको भेटवार्ताको पनि चर्चा गर्नुभएको थियो । यसले उहाँहरूबीच पछिल्लो समयमा निरन्तर तर गुप्त वार्तालाप सुरु भएको स्पष्ट सङ्केत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार