चीनियाँ नागरिक लिउलाई एक वर्ष कैदको फैसला

२० मंसिर २०६९, बुधबार ०६:२३ मा प्रकाशित

काठमाडौ, १९ मंसिर । विशेष अदालतले चनीया नागरिक लिन लिउ जडिबुटी व्यापारको आवरणमा नेपालमा बसी आपराधिक गतिविधीमा संलग्न रहेको पुष्टी गर्दै एक वर्ष कैद सजाय सुनाएको छ। अदातले आज यस्तो आदेश सुनाएको हो । लिनवाट बरामद भएको रकम कालो धन भएको पुष्टी गर्दै लीनलाई कैद सजायसँगै २१ लाख जरिवाना गर्दै उनीवाट बरामद रकम रे गाडि समेत जफत गरेको छ।
केन्द्रीय अनुसन्धान व्युरोले २०६८ पुस १८ गते खाद्य संस्थानको कम्पाउन्डमा छापा मारेर लीनलाई याचौगुम्बा, लगायतका बन पैदावर र निसान कम्पनिको गाडि सहित पक्राउ गरेको थियो। लीनले सरकारी स्वामित्वको जग्गा भाडामा लिएर तरकारी र माछा पालन व्यवसाय देखाएपनी उनी गैर कानुनी गतिविधीमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। बन सम्बन्धी मुद्धामा उनलाई १० दिन कैद र एक हजार पाँच सय जरिवाना भएपछी उनीवाट बरामद भएको २२ लाख ५० हजार रकमको स्रोत नखुल्ने भन्दै सम्पत्ति शुदीकरण अर्न्तगत विशेष अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो।
विशेष अदालतका अनुसार लीले प्रारम्भमा बरामद रकममध्ये २१ लाख सापटी लिएको दावी गरेका थिए। उनले गोविन्दबहादुर शाहीवाट सापटी लिएको भनिएको रकम पुष्टी नभएको अदालतको ठहर छ।
प्रमाणबाट रकम सापटी लिएको देखिन नआएकाले लीको स्रोत नखुलेको २१ लाख २५ हजार आफूसंग राखी सम्पत्ति शुद्धीकरण (निवारण) ऐन, २०६४ को दफा ३ को कसूर गरेको ठहर्छ विशेषको फैसलामा भनिएछ, उनलाई सोही ऐनको दफा ३० २० बमोजिम १ वर्ष कैद र विगो बमोजिम जरिवाना भई सोही ऐनको दफा ३४ बमोजिम बरामद रकम मध्ये २१ लाख २५ हजार जफत हुन्छ।
अदालतले उनीवाट बरामद एक लाख २५ हजारको स्रोत खुलेको दावी गरेको छ। उनीवाट बरामद भएको निसान जीप चोरीको भएको समेत पुष्टी भएको छ। गाडिको बिल बुक बमोजिमको बिबरण यातायात व्यवस्था कार्यालयमा दर्ता नदेखिएकाले गाडि समेत जफत भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार