पूर्वराजपरिवार सदस्य किन जाँदैछन् सिङ्गापुर

१९ मंसिर २०६९, मंगलवार १९:४५ मा प्रकाशित

काठमाडौं, १९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमलको स्वास्थ्योपचारका निम्ति सिङ्गापुर जानुहुने भएको छ । उहाँहरु मङ्सिर २२ गते सिङ्गापुर प्रस्थान गर्नुहुने र २५ गतेबाट पूर्वरानीको स्वास्थ्य परीक्षण सुरु हुने बुझिएको छ । यस स्वास्थ्य उपचार भ्रमणमा पूर्वराजारानीका अतिरिक्त पूर्वयुवराज्ञी हिमानी, स्वकीयसचिव सागर तिमिल्सिना र अङ्गरक्षक उद्धव रावल सामेल हुने बताइएको छ । ०५८ को जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालिक अधिराजकुमारी कोमललाई पाँचवटा गोली लागेको र गोली अहिलेसम्म शरीरमै रहेका छन् । गोली निकाल्न मिल्ने भए यसपालि अपरेशन गरी निकालिने जानकारी सम्बद्ध सूत्रबाट प्राप्त भएको छ । पूर्वबडामहारानी कोमलको मुटुमा सामान्य समस्या देखिएकोले सिङ्गापुरमा उहाँको मुटुसमेत परीक्षण गरिने बताइएको छ । स्वास्थ्य उपचारपछि मात्र पूर्वराजदम्पतीको स्वदेश फर्कने कार्यक्रम भएको हुँदा उहाँहरुको यसपटकको विदेश बसाइ केही लामो हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय