आज पनि सहमति हुन सकेन

१९ मंसिर २०६९, मंगलवार १८:२७ मा प्रकाशित

काठमाडौ, १९ मंसिर । राष्ट्रिय सहमति जुटाउन भन्दै आज साँझ बसेको तीन प्रमुख दलको शीर्ष बैठक विना निष्कर्ष टुङ्गिएको छ । बैठक राष्ट्रपतिले दोस्रो पटक सहमतीय सरकार गठनका लागि दिएको समयसीमा सकिन दुई दिन बाँकी रहँदा बसेको थियो ।
बैठकबाट बाहिरिएका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्य दलले कांग्रेसलाई नेतृत्व दिन तयार रहेको बताए । बैठक मा सहभागी एमाले र एमाओवादीले कांग्रेसँग  सरकारको नेतृत्वकर्ताको नाम मागेको उनले बताए । उनले भोली पुनः बैठक बस्ने बताए । उनले भोली नै कांग्रेस केन्द्रीय समितिको बैठकबसी भावी नेतृत्वको नाम चयन गर्ने जानकारी दिए । बानेश्वरस्थित बिशेष समितिको कार्यालयमा भएको बैठक बाट बाहिरिदैं एनेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै बिषयहरु प्याकेजमै सहमति गरी टुंग्याउनेबारे छलफल भएको जानकारी दिए ।
उनले संबिधान संशोधन, संबैधानिक निकायको रिक्त पदको परिपूर्ति, संबिधानसभाको मिति लगायत सरकारसँग सम्बन्धिन बुँदाहरु प्याकेजमै टुंग्याउने बिषयमा छलफल भएको बताए । एमाले नेता केपी शर्माओलीले वर्तमान सरकार सत्ता छाड्न आलटाल गरेको र कांग्रेसको नेतृत्व पनि स्वीकार्न नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार