सहमतिमा नआउने हो भर्ने स्थिति विग्रने राष्ट्रपतिको चेतावनी

१९ मंसिर २०६९, मंगलवार १२:१६ मा प्रकाशित

काठमाडौं, १९ मंसिर । राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहलाई आज बिहान आफ्नो निवासमा बोलाएर अझै पनि तपाईहरुले सहमति नगर्ने हो भने स्थितिले नराम्रो रुप लिन सक्ने चेतावनी दिएका छन् । दलका नेताहरुलाई आज विहान संयुक्तरुपमा भेटी यस्तो चेतावनी दिएका हुन् ।

भेटमा राष्ट्रपतिको सामुहिक भनाई थियो, लज्जाजनक अवस्था भइसक्यो अव पनि तपाईहरु किन सहमतिमा नआएको भनी सोधका थिए । राष्ट्रपतिको भनाई उध्रित गर्दै एमालेका अध्यक्ष झलनाथ खनालले भने, राष्ट्रपतिले सहमतिको विषय दलहरु असफल रहनुलाई लज्जाजनक भएको बताउनु भयो । आजको वैठकमा पनि प्रमुख दलका नेताहरुरुले प्याकेजमै सहमति गर्ने कुरा दोहर्याएका थिए । राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई दिएको दोस्रो म्याद बिहीबार सकिँदैछ।
बाबुराम सरकारले रिक्त रहेका न्यायाधीश र रिक्त रहेका संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा राष्ट्रपतिले दलका नेताहरुलाई सामुहिक छलफलमा बोलाएका हुन्। छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधव कुमार नेपाल, मधेशी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार