धुलिखेल चेकपोष्टमा नौं किलो सुन बरामद

१९ मंसिर २०६९, मंगलवार १०:५९ मा प्रकाशित

काभ्रे, १९ मंसिर । चीनको खासाबाट काठमाडौं ल्याउँदै गरेको ९ केजी सुन काभ्रेको धुलिखेल चेक पोष्टमा प्रहरीले आज विहान बरामद गरेको छ । बा २ ख २८२५ नम्बरको शिलबन्दी कन्टेनर भ्यानको ड्राइभर बस्ने सिटको अगाडि लुकाएर काठमाडौं ल्याइँदै गरेको ९ केजी सुनआज विहान ४ बजे बरामद गरिएको हो । प्रहरीले भ्यान चालक सिन्धुपाल्चोक तातोपानी गाविस( ४ का ४६ वर्षीय सेते तामाङलाई नियन्त्रणमा लिएको छ ।
चालकले प्रारम्भिक बयानमा काठमाडौं महाबौद्धका एक व्यापारीका लागि सुन ल्याएको बताएका छन् । व्यापारीको नाम प्रहरीले गोप्य राखेको छ ।काभ्रे प्रहरी प्रमुख गीता उप्रेतीले घटनाबारे अनुसन्धान भइरहेको बताइन् । चालकको बयानका आधारमा थप अनुसन्धान थालेका छौं, उनले भनिन् । बरामद सुनको नेपाली मुल्य ४ करोड ६० लाख २६ हजार रुपैयाँ हुन्छ । चीनबाट अवैद्य सुन भित्रन थालेको आशंकामा सुरक्षा जाँच कडा पारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार