धादिङमा फेरि अर्को हत्या

१९ मंसिर २०६९, मंगलवार १०:५४ मा प्रकाशित

धादिङ, १९ मंसिर । धादिङमा हिजो भएको हत्याको घटना सेलाउन नपाउँदै आज फेरि अर्को हत्या भएको छ । दार्खा ९ का २८ वर्षीय भिषण सिंखडाको दार्खा १ रातमाटे जंगलमा गएराति हत्या गरिएको हो। हिजो बिहान विजय तामाङको हत्यामा संलग्न रहेको भन्दै तामाङको पार्टी एनेकपा माओवादीले बदलास्वरुप हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
राति सवा ११ बजे घटनाको जानकरी पाएको प्रहरीले १२ बजे जंगलमा शव फेला पारेको धादिङका प्रहरी नायब उपरिक्षक विकासराज खनालले जानकारी दिए। शवको शरीरमा निलडाम र हात खुट्टामा चोट देखिएको छ । मृतक सिंखडा द्वन्दका क्रममा एमाओवादीका तर्फबाट शहिद बनेका मुकुन्द सिंखडाका छोरा हुन् । सिंखडाको शव प्रहरीले धादिङबेसी ल्याउने तयारी गरेको छ।
विजयको हत्यामा संलग्न रहेको भनी माओवादी जिल्ला संयोजक पुष्पविक्रम मल्लले काँग्रेसको गुण्डा भन्दै सिंखडाको नाम लिएका थिए। प्रहरीले समेत घटनामा संलग्न भन्दै सिंखडाको खोजी गरेको थियो।
प्रहरी नायव उपरीक्षक खनालले भने घटनामा संलग्न व्यक्तिहरुको पहिचान हुन बाँकी रहेको बताएका छन् । नेपाली काँग्रेसले घटनामा आफ्नो कार्यकर्ता भए नभएको स्थानीय पार्टीसँग छलफल भैरहेको बताउँदै बैठक पछि आधिकारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ।
घटनाको १२ घण्टा भित्रै अर्को घटना घट्नुले स्थानीयबासी आतंकित बनेका छन्। विजयको हत्यामा संलग्न तीन जनालाई प्रहरीले हिजै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार