शीर्ष बैठक बस्दै, राजनीतिक निकासका बारेमा छलफल हुने

१९ मंसिर २०६९, मंगलवार १०:४९ मा प्रकाशित

काठमाडौ, १९ मंसिर । राजनीतिक गतिरोध अन्त्य र सहमतीय सरकार गठनलाई लिइर आज पनि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन् ।
बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बस्ने छ । बैठकमा सहमतीय सरकार, संविधानसभा चुनाव, नयाँ संविधान निर्माण लगायतका विषयमा प्याकजेमा सहमति गर्ने तयारी छलफल हुने छ ।
हिजोको छलफलमा बैशाखमा संविधानसभाको चुनाव गराउन प्याकेजमै राजनीतिक निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो । दलहरुवीच सोमबार संबैधानिक निकायमा नियुक्तिका विषयमा पनि छलफल भएको थियो । सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दोश्रो पटक दिनुभएको ७ दिनको म्याद अब २ दिनमात्र बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने