राष्ट्रपतिले न्यायधीश नियुक्तिबारे दलिय छलफल गर्दै

१९ मंसिर २०६९, मंगलवार १०:३७ मा प्रकाशित

काठमाडौ, १९ मंसिर । न्यायधीश नियुक्ति लगायतका विषयमा छलफल गर्न राष्ट्रपति डा. रामवरण यादवले आज प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि शितल निवास बोलाएका छन् ।
उनले आज बिहान दलका नेताहरुलाई छलफलपछि बोलाएका हुन् । छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुने छन् ।
सर्वोच्च अदालतका न्यायाधीश सहित संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे छलफल गर्न राष्ट्रपतिले शीर्ष नेताहरुलाई बोलाउनुभएको राष्टपति कार्यालयले जनाएको छ । व्यवस्थापिका संसद नहुँदा न्यायाधीशहरु खाली हुँदै गएको र अरु संवैधानिक अंग पनि नेतृत्वबिहीन भएकोबारे राष्ट्रपतिले दलहरुको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । स्रोतका अनुसार नियुक्तिबारे सकभर आजै सहमतिमा पुग्न राष्ट्रपतिले नेताहरुलाई आग्रह गर्ने बुझिएको छ । सरकारले पनि संसदीय सुनुवाईबिना सर्वोच्चका न्यायाधीश नियुक्ति र बहालवालाको पदावधि थप्ने अध्यादेश ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार