सहयोग पाए दुई महिनाभित्र शान्ति र संविधान पुरा गर्ने प्रधानमन्त्रीको दावी

११ चैत्र २०६८, शनिबार १४:४४ मा प्रकाशित

काठमाडौ, ११ चैत । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रियामा दलहरुले सहयोग गरे २ महिनामा सबैकाम सकिने बताउनु भएको छ । जनमोर्चा नेपालको नेतृत्वमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको १९ साना दलको टोलीसँग प्रधानमन्त्री भट्टराईले आफूले शान्ति प्रक्रिया पूरा गर्न हर सम्भव प्रयास गरिरहेको बताउनुभयो । संविधान सभामा रहेका ४ र बाहिरका १५ गरि १९ साना दलले शान्ति र संविधानमा विलम्ब भएको, कर्मचारी प्रशासनमा हस्तक्षेप भएकोभन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री भट्टराईले आफू प्रशानिक र राजनीतिक सुधारमा लागेकाले त्यसमा साथ दिन आग्रह गर्नु भएको थियो । हिजो पनि केही साना दलहरूसँग छलफलमा प्रधानमन्त्रीले केही दिनमै सरकार पुनर्गठन गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्तासँग सम्बन्धित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई

काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आजको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका

आजको प्रमुख समाचार