सरकारको कमजोरीले दण्डहीनता बढेको मानवाधिकार आयोग अध्यक्षको आरोप

१८ मंसिर २०६९, सोमबार १९:१९ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकारको दृष्टिकोण नपुग्दा देशमा विधिको शासन लागू हुन नसकेको बताउनुभएको छ । एड्भोकेसी फोरमले सोमबार राजधानीमा आयोजना गरेको मेडिको लिगलसम्बन्धी कार्यक्रममा अध्यक्ष उपाध्यायले सरकारको कमजोरी र दृष्टिकोण नपुग्दा दण्डहिनता बढेको बताउनुभएको हो । ‘तैपनि हामी बारम्बार यो कुरा भनिरहन्छौं, दोहो¥याइरहन्छौं, आशा छ कुनै दिन सरकारले सुन्ला’– अध्यक्ष उपाध्यायले भन्नुभयो । गम्भीर मानवअधिकार उल्लंघन, यातना र यौनजन्य अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नपाइने उहाँले बताउनुभयो । अध्यक्ष उपाध्यायले छिट्टै देशमा दण्डहिनताको अन्त्य हुने आशा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदुत जोन टकनटले मानवअधिकार शान्तिप्रक्रियाको एउटा गम्भीर पाटो भएकाले मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही हुनुपर्ने बताउनुभयो । बेलायतले नेपालको फौजदारी न्यायप्रणाली व्यवस्थित होस भन्नु चाहेको राजदुत टकनटको भनाई थियो । त्यसका लागि नेपालको प्रहरी र अनुसन्धान पद्दतिलाई सबल बनाउनुपर्ने उहाँले बताउनुभयो ।
यसैगरी, एड्भोकेसी फोरमका निर्देशक तथा पूर्वन्यायाधिश डा. हरिबंश त्रिपाठीले प्रहरी प्रशासनको अनुसन्धान पद्दति, चिकित्सकको रिपोर्ट, सरकारी वकिलको भूमिकाले पनि एउटा नागरिकले न्याय पाउने नपाउनेमा निर्भर हुने बताउनुभयो । मेडिको लिगललाई व्यवस्थित गर्न एड्भोकेसी फोरमले सम्बन्धित निकायलाई घच्घचाइरहेको बताउनुभयो भने स्वास्थ्य मन्त्रालयका सहसचिव बाबुराम मरासिनीले मेडिकल डाक्टरहरुमा मेडिको लिगलसम्बन्धी ज्ञानको अभावमा पनि कतिपय समस्या उब्जिएको बताउनुभयो । नेपालमा फरन्सिक बिज्ञको अभाव रहेको भन्दै उहाँले मेडिको लिगलसम्बन्धी क्षमता अभिबृद्धिका लागि स्वास्थ्य मन्त्रालय लागिपरेको बताउनुभयो । कार्यक्रममा सहभागी अधिकांश चिकित्सक, प्रहरी अधिकृत तथा कानुन व्यवसायीहरुले नेपालको फौजदारी प्रणालीमा सुधारको खाँचो औंल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय