पार्वतीको होटलबाट चरेश बरामद

१८ मंसिर २०६९, सोमबार १८:४२ मा प्रकाशित

कैलाली, १८ मंसिर । कैलाली गेटा–९ राजपुर बस्ने ४४ बर्षीया पार्वती विष्टले आप्mनै घरमा संचालन गरेको सावित्री होटलबाट प्रहरीले अवैध लागूऔषध चरेश सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैतडी जिल्ला पाटन–५ घर भई धनगढी नगरपालिका–४ उत्तरबेहडी बस्ने ३० बर्षीय भानसिंह कठायत, बसन्तपुर–१ घर भई सोही ठाउँ बस्ने गणेश विष्ट, ४२ बर्षीय धनसिंह विष्ट, मोहन बोहरा र होटल संचालिका निज पार्वती विष्ट रहेका छन् ।
अंचल प्रहरी कार्यालय सेती तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटल चेकजाँच गर्दा उनीहरुलाई लागूऔषध चरेश १३ किलो ३ सय ग्राम तथा ५९ हजार नेपाली रुपैयाँ र १३ हजार ७ सय ५५ भारतीय रुपैयाँ सहित फेला पारेको थियो ।
सोही प्रहरी टोलीले गेटा–१ स्थित सडकबाट से.१ प ५४१६ नम्वरको मोटरसाइकलमा सवार बझाङ जिल्ला गडरैया–९ गोर्खाली गाउँ घर भई कालीदल (ई) फिल्ड गुल्म बोराडाँडी कैलालीमा कार्यरत नेपाली सेनाका सिपाही २४ बर्षीय केशव सिंह र दार्चुला जिल्ला तपोवन–९ घर भई धनगढी नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रितमबहादुर सिंहलाई समेत अवैध लागूऔषध चरेश ५ किलो सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्

आजको प्रमुख समाचार