वैदेशिक रोजगारीका नाममा ठग्ने कार्की पक्राउ

१८ मंसिर २०६९, सोमबार १८:३५ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेर फरार रहेका ओखलढुङ्गा, पोकली–९ घर भई काठमाडौं महानगरपालिका–३५ बस्ने रमेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित सुशीला तामाङ्गको जाहेरीका आधारमा पक्राउ परेका कार्कीमाथि बैदेशिक रोजगार ठगी मुद्धामा बैदेशिक रोजगार न्यायाधिकरणको २०६८ असोज ३ गतेको फैसला अनुसार १ लाख ५० हजार जरिवाना र १ बर्ष ६ महिना कैद सजाय हुने ठहर भएको थियो भने कार्की फरार थिए । कार्कीलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले भक्तपुर कौशलटार क्षेत्रबाट पक्राउ गरी ललितपुर जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।
कार्कीले २०६७ साउन ९ गते जाहेरवालालगायत अन्य केही व्यक्तिबाट २ महिनाभित्र बैदेशिक रोजगारमा पठाइदिने भनी राहदानी र ४ लाख १२ हजार ५ सय रुपैयाँ लिई ठगी गरेका थिए । कार्कीबाट ५० प्रतिशतले हुने हर्जना गरी ६ लाख १८ हजार ७ सय ५० रुपैयाँ जाहेरवालाहरुलाई भराई दिने समेत सम्मानित बैदेशिक रोजगार न्यायाधिकरणले ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार