फेरी नयाँ राजनीतिक गठबन्धन घोषणा

१८ मंसिर २०६९, सोमबार १७:५५ मा प्रकाशित

काठमाडौ, १८ मंसिर । निर्वाचन आयोगमा दर्ता भएका २५ राजनीतिक दलहरुले सत्तारुढ र विपक्षी गठबन्धनको विकल्पमा नयाँ गठबन्धन घोषणा गरेका छन् । गठबन्धनमा लोककल्याणकारी जनता पार्टी नेपाल, लिग नेपाल शान्ति एकता पार्टी, नेपाल जनसंघ पार्टी, राष्ट्रबादी एकता पार्टी, नेपाल राष्ट्रबादी एकता पार्टी, राष्ट्रबादी यूवा मोर्चा, नेपाल राष्ट्र जनकल्याण पार्टी, राष्ट्रिय एकता मञ्च, संयूक्त राष्ट्रबादी जातीय मुक्ती मोर्चा नेपाल, नेपाल दलित श्रमिक लोकतान्त्रिक पार्टी रहेका छन् ।
त्यसैगरी  नेपाल शान्ति क्षेत्र परिषद, राष्ट्रिय विकास पार्टी, शिवसेना, नेकपा राष्ट्रबादी यूवा,श्रीराम हनुमान आराधना मण्डल नेपाल, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल देशभक्त प्रजातान्त्रिक पार्टी, नेपा समता पार्टी, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय,नेपाल स्वतन्त्र नागरिक समाज, नागरिक रक्षा अधिकार दल,  शाही यूवा शक्ती, क्रिएटिभ यूवा क्लब, जनप्रजातान्त्रिक पार्टी लगायतका पार्टी हरुसमेत सो गठबन्धनमा सहभागी  छन् ।
रिपोर्टर्स क्लब नेपालमा गठबन्धनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर संविधानसभाको बिघठन पछि निर्वाचन आयोगमा दर्ता भएका सबै दलको हैसियत समान हुँदा हुँदै फेरी पनि तीन चार दललाई बोलाएर सहमतिकोलागी समय दिनु असम्बैधानिक भएको दावी गर्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार