देउसी भैलोको रकम बृद्धाश्रमलाई

१८ मंसिर २०६९, सोमबार १८:०५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही १८ मंसिर । वुटवल १३ देवीनगरस्थित शिद्धबावा टोल विकास समितीले अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न तथा नगद प्रदान गरेको छ ।

देउसी भैलोवाट संकलित रकमवाट आश्रमलाई चामल, आटा, दाल, तेल लगायतका खाद्य
सामग्री प्रदान गरेको हो । सोमवार एक कार्यक्रमका विच वुटवल नगरपालिकाका
सचिव खिमबहादुर रायमाझीले आश्रमका अध्यक्ष डोल वहादुर रामदामलाई उक्त खाद्यसामग्री र नगद हस्तान्तन्तरण गरेका थिए । सो अवसरमा प्रमुख रायमाझीले टोलविकास समितीले आश्रमलाई सहयोग गरेर श्रहानिय काम गरेको वताए । समितीका अध्यक्ष श्यामकला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय वुटवलका प्रमुख शुभाष गैरे, एकिकृत नेकपा माओवादीका नगर प्रतिनीधी मनोजराना, नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य रुद्रहरि कुँवर, नेपाली कांग्रेसकाचित्र वहादुर वर्मा, वुटवल नगरपालिकाका सामाजिक परिचालक भरत काउचा, वडाकार्यालय संयोजक ज्योति अर्याल, प्रचण्डराज आचार्य, विना खनाल लगायतले बोलेका थिए । समितीका उपाध्यक्ष सरोज सुवेदीको स्वागत सचिव शान्ता अधिकारीको संचालनमा भएको कार्यक्रममा स्थानीय जेष्ठ नागरिक जयसरा नेपालीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार