सहमति बन्नेमा कोइराला विश्वस्त

१८ मंसिर २०६९, सोमबार १७:४८ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामी बिहिबार सम्ममा दलहरु सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाहेक अरुको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने दाबी गर्दै सभापति कोइरालाले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसकै नेतृत्वमा सहमतिको सरकार बनाउने भनी पहिले नै दलहरुबीच सहमति भएको स्मरण गराए ।
सोही कार्यक्रममा राष्ट्रपतिको हालैको चर्चित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कोइरालाले संरक्षकको भूमिकामा रहेका राष्ट्रपतिले दलहरुलाई सुझाव दिन नमिल्ने बताए ।
राष्ट्रपति संविधानको संरक्षक भएकोले दलहरुले यसो गर्नु वा उसो गर्नु भनेर भन्न मिल्दैन भन्दै उनले राष्ट्रपतिले पछिल्लो पटक दिएको समयको बाँकी तीन दिनकै अवधीमा सहमतिको सरकार निर्माण हुने विश्वास ब्यक्त गरे । ‘
प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार आफूसँग भेटेर आफू मार्ग प्रसस्त गर्न तयार रहेको बताएको जानकारी दिँदै कोइरालाले प्रधानमन्त्रीले बाहिर हल्ला चलेजस्तो यहि सरकारलाई राष्ट्रिय सरकारमा रुपान्तरण गर्न आग्रह नगरेको आफूसँग बताएको खुलासा पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

आजको प्रमुख समाचार