भीमबहादुर तामाङको अन्तिम शिक्षा

१८ मंसिर २०६९, सोमबार १७:५८ मा प्रकाशित

शिवजी श्रेष्ठ:  कसै–कसैको मृत्यु, अनि मृत्युपछाडि उनको बारेमा गरिने टिकाटिप्पणीले उनको विगत दर्शाउछ । कुनै–कुनै ‘आहा’ भन्ने लोभलाग्दो हुन्छ भने कसै–कसैको घिनलाग्दो । केही महिनाअगाडि जब नेपालका केही नेता बिरामी भएर अस्पतालमा भर्ना हुदै गरेका समाचार अनलाइनमा आउ“दै थिए, ती समाचारका मुनि प्रकाशित पाठक प्रतिक्रया घिनलाग्दो, अझ भनौं डरलाग्दा थिए । ‘कामना’ थिए तर ‘शुभ’ थिएन ।
गत शनिबार नेपाली कांगे्रसका नेता भीमबहादुर तामाङको आकस्मिक निधनपछिका प्रक्रियाहरु सा“च्चै ‘आहा’ भन्ने खालका थिए । भनौं, नेताहरुका लागि त अझ लोभलाग्दा र प्रेरणादायी थिए । जस्तै एकजना मित्रको फेसबुक स्टाटसमा आ“खा प¥यो, उनले बडो दुःखी भएर लेखेका थिए– ‘समकालिन राजनीतिक आस्थाका धरोहरको आकस्मिक निधनमा स्तब्ध’ अर्थात भीमबहादुर तामाङको निधनमा उनको भावविह्वलता पढ्न सकिन्थ्यो । ती मित्र भीमबहादुर तामाङभन्दा फरक पार्टीमा आस्था राख्ने अझ भनौं कुनै कार्यकारी पदमै कार्यरत थिए र छन् । ती पंक्ति पढ्दै गर्दा मैले दुईवटा कुरा महशुस गरे, एक– ती मित्रको पूर्वाग्रहविहिन महानता, जो विपरितपार्टीका नेताको महानतामा खुलेर प्रशंसा व्यक्त गर्ने महानता प्रकट गर्दै थिए भने अर्को भीमबहादुर तामाङले विपरित आस्थावानहरुबाट पनि जित्न सकेको आस्था । आफ्नै पार्टीका आस्थावानहरुबाट झापट खाइरहेको ताजा परिस्थितिमा यसरी फरक विचारधाराहरुबाट यत्रो सम्मान अनि सद्भाव ।
यता सत्तारुढ पार्टी एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले दिएको प्रतिक्रिया पनि मननीय छ । स्वर्गीय तामाङलाई नेपाली राजनीतिमा वैचारिक, निष्ठा र सरलताको प्रतिक भन्दै उनको सरल गुणबाट शिक्षा लिने प्रण गर्दै थिए । स्व. तामाङ आवद्ध पार्टीमा आस्था राख्नेहरुको प्रतिक्रिया त स्वभावतः सकारात्मक हुने भए । यस बीचमा उनले आजभन्दा छ दशक अगाडि आफैंले चित्राले बारेर स्कुल सञ्चालन गरेर पढाएका विद्यार्थीहरुका प्रतिक्रिया, जिरीका जिरेलहरुका अनुभूति, छोराछोरीका गुनासो, सहयात्रीहरुको संस्मरणहरु आइरहेछन् ।
मलाई यतिखेर आजभन्दा २५÷२६ वर्ष अगाडिको एउटा सन्दर्भ याद आइरहेछ । वि.सं. २०४३ सालतिर जब ओखलढुंगाका पूर्व माननीयको निधन भएको थियो । आर्यघाटबाट दाहसंस्कारपछि हि“ड्दै फर्कंदै गर्दा बाटोमा अर्का पूर्वमाननीयस“ग त्यसदिनको कुरा हु“दै थियो, किनकी तत्कालिन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेताहरु पनि मलामीका रुपमा रहेका देख्दा सायद तिनका परिवारले गौरव महशुस गरे होलान् भनेर । प्रसंगबीच मैले सोच्दै नसोची प्वाक्क बोलिदिएछु– ‘उहा“ जे भए पनि सामन्ती हुनुहुन्थ्यो रे होइन ?’ बोलिसकेपछि म झस्के“, ‘ला के बोलेछु ?’ तब ती पूर्व माननियले भनेका थिए ‘ऊ क्या त, मर्दा लैजाने यत्ति हो, तिमीले जे देख्यौं त्यहि भन्यौ ।’ आज पनि ती प्रसंग बेलाबेलामा सम्झन्छु ।
स्व. भीमबहादुर तामाङको छोराछोरीलाई अहिले वास्तवमा पछुतो होला, अनि गौरव पनि । पछुतो यस माने कि ‘हाम्रा बाबाको अन्त्य कसैले (राधेश्याम अधिकारी)ले शरण दिएको कोठामा उनकै काखमा भयो, हामी भने बुबाले केही नकमाइदिएको, केही नगरिदिएकोमा उहा“स“ग टाढियौं । अनि गौरव यस माने कि बुबा कति सम्मानित र महान रहेछन् ? सबैले कति सम्मान गरे ।
भनिन्छ, राष्ट्रपतिको चुनावताका उनै भीमबहादुर तामाङलाई प्रस्ताव गरिएको थियो, तर उनले ‘अब स्वतन्त्र मर्न चाहन्छु’ भनेर नकारे । हुन त परिस्थिति अलग थियो । राष्ट्र केही समयअगाडि जाती जनजातिको संक्रमणमा पर्दा उनले निर्भिकता, निष्पक्षता देखाएर समन्वयका पक्षमा उभिए । ‘पहिचान मेटिने, द्वन्द्व मेटिने’ सूत्रका सूत्रकार उनै थिए । जसले क्षणिकता हेरेनन् र अडान पनि फेरेनन् । मास्टर भीमबहादुरका रुपमा स्वयम्सेवक भएर सामाजिक जीवन सुरु गरेका उनले बीपीका सेवकका रुपमा आफ्ना राजनीतिलाई अगाडि बढाइरहे, सायद त्यसैबेला उनले जाने होलान् राजनीतिमा लाग्नेले आफ्ना छोराछोरीका लागिभन्दा पहिला अरुका लागि सोच्नुपर्छ । एक प्रसंगमा डा. सशांक कोइराला बीपीस“ग रिसाएका छन्, जब भारतमा मेडिकल पढ्ने कोटा आउ“दा संशाक कोइराला आफैं त्यो कोटामा पढ्न जान्छु भन्दा बीपीले ‘तै“ले त पछि पनि मौका पाइहाल्छस्, अहिले कार्यकर्ताको छोरालाई मौका दिनुपर्छ’ भन्दै चन्द्रमोहन यादव (डा. रामवरण यादवका छोरा) लाई मेडिकल पढ्न पठाएका थिए । त्यसैले नै बीपी बीपी हुन सके, उनका समकालिन नेताहरु कहा“ पुगे ? भीमबहादुर तामाङले पनि आफूमा सायद त्यहि नियम लागू गरे“ । त्यसैले उनको निधनपछि पनि उनका छोरीले एक टिभी अन्र्तवार्तामा गुनासो गरिन्, ‘मेरा बाबाले त“ पढेर खाँदैनस् भन्दै अरुलाई जागिर दिए ।’
प्रचण्डले स्वर्गीय तामाङ्बाट ‘सिक्छु’ भनेझैं अन्य सम्माननिय नेताहरुले पनि सिक्नैपर्ने कुरा, सरलता । सरलता बढो एक्लो हुन्छ तर गुणात्मक रुपमा मूल्यवान, जसलाई पछ्याएपछि महंगो मुल्य तिर्नु पर्दैन । अनि वैचारिक निष्ठामा दृढता । ‘जता मल्खु उतै ढल्कु’ले कालान्तरमा शुन्यता मात्रै दिन्छ । क्षणिक केही दिन्छ तर दीर्घकालिन रुपमा भने धेरै कुरा लिन्छ । अर्को, आस्थाको हकमा पार्टी विचारबाट निर्देशित रहे पनि राष्ट्रिय आवश्यकताको हकमा पार्टीका विचार अनि सबै कुराबाट माथि उठ्नुपर्छ । सायद त्यसैले होला भीमबहादुर तामाङलाई दोलखामा चुनाव हराउने एमालेका पशुपति चौलागाईले ‘चुनावमा प्रतिद्वन्द्वी भएर लडेको अवस्थामा पनि सम्मान गर्ने भनेका । अचम्म लाग्छ नि अहिलेको गा“ड कोराकोरमा यी कुरा । ‘अरु नाचेका, हाम्रा नानीका बाउ हल्लेका’ भनेर अन्ध राजनीतिक हुने हाम्रो देशमा यी पक्ष मननीय छन् ।
सबैभन्दा हाम्रा समकालिन नेताहरुले भीमबहादुर तामाङबाट सिक्नैपर्ने कुरा, पारिवारिक मोहबाट टाढा । राजनीतिमा लाग्नेहरुको लागि राष्ट्र नै परिवार हो, होइन भने सामान्य जीवन जिउनुपर्छ । राजनीतिमा विकृति ल्याउने नै परिवार मोह हो, त्यसैले गर्दा समकालिन विश्वका धेरै नेताहरुले विगतमा गरेका त्याग, बलिदान परिवार र सन्तानकै मोहका कारण धुमिलिएका छन् । सायद त्यसैले सुकरातले शासकवर्गलाई विवाह गर्नमा रोक लगाउनुपर्छ भनेका । यस्तोमा हो, सन्तान खुशी नहुन सक्छन्, जसरी स्वर्गीय तामाङका छोराछोरी खुशी भएनन् र सम्पर्कमा बसेनन् । तर हज्जारौं हजारले उनीप्रति आस्था प्रकट गरे, सम्मान व्यक्त गरे ।
आफ्ना सन्तानका लागि भनेर हिजोका त्याग, तपस्या बिर्सिएका नेताहरु राजनीतिमा उठ्नै नसक्नेगरी पतित भएका दृष्टान्त नेपाली समकालिन राजनीतिमा धेरै छन् । सन्तानको लागि भनेर कमाउ“दा, जोरजाम गर्दा या मर्यादा नाघ्दा हुनसक्छ केही जमाउन सकिएला, थुप्रिएला । तर कालान्तरमा ती सन्तानबाट नै बेचिएर (विभिन्न रुपमा) सकिन्छ । तर त्यसभन्दा माथि उठेर कमाइएका राजनीतिक उचाइ, स्थान यस्ता हुन्छन्, जसलाई सन्तान–दरसन्तानले बेचेर पनि सक्दैनन्, बरु व्याजको रुपमा पुस्ता–पुस्तासम्म खाइरहन सक्छन् । जसरी, भारतमा नेहरुका सन्तानले ब्याज खाइरहेछन् अनि अमेरिकामा केडेनीका, पास्कितानमा भुट्टोका सन्तानहरुले बेलाबखतमा त्यसरी नै राजनीतिक ब्याज खाइरहेका छन् । नेपालमा पनि परिवारको साथ र समझदारीमा बीपी कोइरालाले त्यो उचाई बनाएका छन्, जसको व्याज चीरकालसम्मक खान सक्नेछन् ।
भीमबहादुर तामाङबाट समकालिन नेताहरुले पनि सिक्न सके, अहिले जसरी सन्तान र परिवारका नाममा विवाहित हुन, प्रताडित हुन पर्ने थिएन । बरु अहिले ती सन्तानका लागि सम्पूर्ण मर्यादा नाघ्नबाट आफूलाई रोक्न सके तिनै सन्तानले बेचेर पनि नसकिने व्याज चिरकालपर्यन्त खान पाइरहने थिए, अनि भीमबहादुर तामाङले जसरी मृत्युपर्यन्त अनि पश्चात् पनि पक्ष–विपक्षमा सबैतिरबाट सम्मानजनक सद्भाव पाइरहने थिए । सायद, स्वर्गीय मास्टर भीमबहादुर तामाङबाट लिने अन्तिम शिक्षा पनि यही होला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार