कर्मचारीको ठाँउमा उत्रिएका खेलाडी विजयी

११ चैत्र २०६८, शनिबार १४:४१ मा प्रकाशित

काठमाडौ, ११ चैत । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा जिल्ला विकास समितिले कर्मचारी नभई विभीन्न क्लवका खेलाडीलाई मैदानमा उतारेको छ । नेपाल पत्रकार महाँसंघले आयोजना गरेको मैत्रीपूर्ण फुटवलमा जिल्ला विकास समिति सुर्खेतका पदाधिकारी तथा पत्रकारहरुले खेल्ने भनिए पनि जिल्ला विकास समितिले एविसी स्पोर्ट क्लव लगायत क्लवका खेलाडीहरुलाई मैदान उतारेको हो । पत्रकार महाँसंघले भने सुर्खेतका सञ्चार माद्ययमहरुमा काम गर्ने पत्रकारहरुलाई मात्र मैदानमा उतारेको जनाएको छ ।  बाहिरी खेलाडीहरुकै कारण जिल्ला विकास समितिले दुईका विरुद्ध ६ अंकले जीत हात पारेको छ । यस्तै दोस्रो खेलमा पत्रकार र जिल्ला खेलकुद विकास समिति सुर्खेतका कर्मचारी एवंम् पदाधिकारीबीच प्रतिस्पर्धा हुनेछ । खेलकुद विकास समितिसंग पत्रकारहरुको भिडन्त दिउँसो चार बजे हुनेछ । नेपाल पत्रकार महाँसंघ सुर्खेतको २० औं स्थापना दिवस एवं महासंघको ५७ औं वार्षिक उत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी