‘एमाओवादीको षड्यन्त्रमा फस्नु हुन्न’

१८ मंसिर २०६९, सोमबार १५:४१ मा प्रकाशित

काठमाडौ, १८ मंसिर । एमाले निकट युवा संघ नेपालले निर्वाचन विनाको सहमति स्वीकार नगर्न कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुलाई सचेत गराएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघले बैशाख महिना भित्रै संसदीय र स्थानीय निर्वाचन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । उसले आफ्ना नेताहरुलाई भनेकोछ, ‘तपाईहरु माओवादीको जालमा नफस्नुस ’
शान्ति, संविधान र समृद्धिको मार्गलाई अवरुद्ध गरेको भन्दै संघले एमाओवादी अधिनायकवादी शासन लाद्ने षडयन्त्रमा रहेको आरोप लगाएको छ । एमाओवादीको सो षड्यन्त्रको भण्डाफोर गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाति, भ्रष्टाचार, महंगी, जनघाती र अधिनायकवादको नायक हुन्,’ संघले भनेको छ, ‘वर्तमान सरकारलाई बहिष्कार गर्न जनपरिचालन गर्ने निर्णय भएको छ ।’
केन्द्रीय समिति १ सय ३५ सदस्यीय, ४५ सदस्यीय सचिवालय, जिल्ला समितिसहितका सबै खाले समिति निर्वाचित गर्ने निर्णय पनि संघले निर्णय गरेको जनाएको छ ।
संघका अध्यक्ष महेश बस्नेतले अधिनायकवाद तर्फ उन्मुख प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सहमतिको सरकार कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने दोहराए । महासचिव निरज आचार्यले राष्ट्रपतिले दिएको समयभित्र दलहरुले सहमति गर्नु पर्नेमा जोड दिए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार